दशैँमा काठमाडौँ बाहिर जाँदै हुनुहुन्छ ? यस्तो छ सर्वसाधारणलाई प्रहरीको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 09:08:06 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ र तिहारको बिदाको अवधिमा राजधानी बाहिरिने सर्वसाधारणका लागि प्रहरीले घर छोडेर जाँदा जानकारी गराउन भनेको छ । काठमाडौँमा बस्दै आएको घर छोडेर जाँदा चोरी हुन सक्ने भएकाले प्रहरीले आफूले घर छाडेको जानकारी सम्बन्धित घरधनी र सकेसम्म प्रहरीलाई पनि गराउन भनेको छ । 

‘चाड मनाउन काठमाडौं छोडर जाने व्यक्तिका घर, कोठा चोरी हुने सम्भावना हुने भएकाले हामी यो वर्ष यस्ता घटना नघटोस् भनेर घरधनीसँग समन्वय गर्ने योजनामा छौँ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले भने । आफूले घर छोडेको र घरमा कोही नभएको वा घरको हेरचाह गर्न कोही राखेको भए उक्त व्यक्तिको जानकारी प्रहरीमा दिए उक्त घरमाथि प्रहरीले विशेष निगरानी राख्ने एसएसपी सुवेदीको भनाई छ । सबै घर र नागरिकको सुरक्षाको जिम्मेवारी प्रहरीले लिने भएपनि बिना जानकारी व्यक्तिगत घरहरुमा प्रहरीले निगरानी बढाउनु स्वभाविक नहुने भएकाले सकेसम्म जानकारी गराउन उनले आग्रह गरेका छन् ।

एसएसपी सुवेदीले चोरी लगायतका अप्रीय घटना हुन नदिन प्रहरी सचेत रहेको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved