विदेशबाट आउँदा यी सामानमा भन्सार तिर्नुपर्दैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2019 | 11:33:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले २०७६ साल जेठ १५ गतेदेखि लागू हुने गरी यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुको भन्सार सम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

नयाँ व्यवस्था अनुसार तोकिएको परिमाणमा वस्तुहरु ल्याउन वा लैजान सकिन्छ । विदेशबाट फर्केका नेपाली यात्रुले ल्याउने व्यक्तिगत प्रयोजनका सामानहरुमा भन्सार महसुल पूर्ण छुट पाउनेछन् । 

लुगाफाटा, औषधी, अशक्त यात्रुका सहाराको लागि प्रयोग हुने सामान, ५० ग्रामसम्म सुन, एकलाख रुपैयाँसम्म मुल्य पर्ने सुन वा हिराजडित गहना, कम्प्युटरजन्य सामग्री एकएक थान, ७ किलोसम्म खाद्य परिकार र १ लिटरसम्म मदिरा ल्याउन ल्याउँदा भन्सार दस्तुर तिर्नुपर्दैन ।

यी सामान तोकिएको परिमाणभन्दा बढी ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसोबास गरेको मुलुक आदिको आधारमा भन्सार महसुल सम्बन्धी निर्णय हुने व्यवस्था छ । सिमानामा ओहोरदोहोर गर्ने व्यक्तिलाई भने उल्लेखित कुनै पनि सुविधा दिईने छैन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved