पुस १० गते झन्डै तीन घन्टा सूर्यग्रहण, के गर्ने के नगर्ने यस्तो छ खगोलशास्त्रीको सुझाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2019 | 08:29:04 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी साता बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ। दुई घन्टा ४९ मिनेट लामो ग्रहण त्यसदिन नेपाली समयअनुसार बिहान ८ बजेर  ४२ मिनेटमा सुरू भएर १० बजेर ४१ मिनेटमा समापन हुने जनाईएको छ। 

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईकाअनुसार खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिनेछ। मौसम अनुकुल भए, बादल नलागे काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने उनको भनाई छ। 

यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिने बताइएको छ। भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ।

रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ। यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ। ग्रहण लाग्दा रिङ अफ फायर भने प्राय:जसो बीचको समयमा देखिने सोसाइटीले जनाएको छ।

हिन्दू धर्मशास्त्रअनुसार कर्कट, तुला, कुम्भ र मीन राशीबाहेक अन्य राशीलाई यो ग्रहण शुभ मानिएको छैन। चिकित्सक तथा खगोलशास्त्रीले नांगो आँखाले ग्रहण हेर्न उपयुक्त नहुने सुझाब दिएका छन्। खुला आँखाले हेरेको खण्डमा आँखाको ज्योति गुम्न सक्ने वा दीर्घकालमा दृष्टि कमजोर हुन सक्ने उनीहरूको ठहर छ।

तर विशेष प्रकारको चस्मा प्रयोग गरी ग्रहण अवलोकन गर्दा फरक नपर्ने र यो अवसरलाई अध्ययनको दायरा फराकिलो बनाउने उपयुक्त अवसर भएको विज्ञहरुको तर्क छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved