नेपालमा पनि त्रास पैदा गरेको कोरोना भाइरस: लक्षण के हो ? कसरी बच्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2020 | 11:34:22 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसले विश्वकै ध्यान तानेको छ। जापान, थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियाहुँदै नेपालमा समेत यसको सक्रमित पाइएपछि नेपालमा थप चाँसोको बिषय बनेको हो। 

चीनको हुवानबाट सुरु यो भाइरसबाट अहिलेसम्म ५ सय भन्दा धेरै चिनियाँ प्रभावित भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन। यसबाट प्रभावित भएर छोटो अवधिमै ९ जनाको मृत्यु भईसकेको बताइएको छ। 

एजेन्सीकाअनुसार कोरोना भाइरसका पहिलो बिरामी २०१९ को डिसेम्बर अन्त्यतिर वुहानमा भेटिएका थिए । क्रमशः त्यो फैलँदै गएको हो । वुहानका पर्यटकसँगै यो भाइरस पनि अन्य स्थानमा फैलिएको हो। चिनियाँ वैज्ञानिकहरुले बिरामीमा भेटिएका भाइरसको नमुना संकलन गरी अध्ययन गर्दैआएका छन् ।

के हो कारण ?

कोरोना भाइरसको वास्तविक कारक सर्प हुनसक्ने बताइएको छ। चिनियाँ सर्प क्रेएइटबाटै यो भाइरस फैलिएको अनुसन्धानले देखाएको छ । जुन कोब्रा प्रजातिको मानिन्छ । र यस्ता सर्प अति विषालु तथा खतरनाकमध्ये मानिन्छन् । धेरैजसो मध्य र दक्षिणी चीन तथा दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प पाइन्छ ।

के हो कोरोना ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।

यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ। यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन।

कोरोना भाइरस अमेरिकामा पनि

चीनबाट अमेरिका पुगेका एक अमेरिकी नागरिकमा समेत कोरोना भाइरस देखिएको अमेरिकाले जनाएको छ । चीनको वुहानबाट अमेरिकाको सिएटल पुगेका अमेरिकी नागरिकमा यो भाइरस भेटिएको अमेरिकाले पुष्टि गरेको हो ।

ती नागरिक यही जनवरी १५ मा चीनको वुहानबाट फर्किएका थिए । स्वास्थ्य चेकजाँच गराउँदा उनलाई कोरोना लागेको कुरा विज्ञप्ति मार्फत २० जनवरीमा जानकारी गराइएको हो। यससँगै उत्तर कोरिया लगायत अन्य देशले यसबाट बच्न सीमा तथा विमानस्थलमा उच्च शतर्कता अपनाउन थालेका छन् ।

यससँगै नेपालमा पनि गत सातादेखि उच्च शतर्कता अपनाइएको छ । यही कारण विमानस्थलमा रहेको ‘हेल्प डेस्क’लाई कामकाजी बनाइएको छ। चीनबाट आएका एक नेपाली विद्यार्थीमा यसको लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल सेन्टरमा लगेर जाँच गराइको थियो। यसवाहेक चीनबाट आउने अन्य नागरिकलाई पनि प्रारम्भिक जाँच गर्न थालिएको छ।

कोरोना भाइरसको लक्षण

–ज्वरो आउनु र खोकी लाग्नु,

–छिटोछिटो सास फेर्नु,

–सास फेर्न गाह्रो हुने,

–समयमा उपचार नभएका निमोनिया हुनु,

–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,

–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?

–नियमित रुपमा हात सफा गर्ने,

– खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,

–मासु र अण्डा राम्रोसँग पकाएर खाने,

–कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved