विश्वभर कोरोनाभाइरसको सङ्क्रमण फैलिरहेको छ। चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ।
चीनबाट सुरु भएको कोभिड १९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन।
चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप र अमेरिका महामारीको केन्द्रबिन्दु बनेको छ। दक्षिण एसियालाई प्रभावित बनाउन सक्ने आंकलन गरिएको छ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर २ लाख २० हजार नाघेको छ। जस मध्ये ८५ हजार ७७८ निको भएका छन भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८ हजार ८८८ पुगेको अमेरिकाको जोह्न्स होप्किंस बिश्वबिधालयले जनाएको छ। यस भाइरसको सङ्क्रमण फैलन नदिने प्रयासस्वरुप जनस्वास्थ्य विज्ञहरूले थुप्रै सुझाव दिइरहेका छन्। यसमध्ये खी सुझाबहरु यस्ता छन