कोरोना संक्रमणको आशंका छ ? घरमै बसेर एप र वेबबाट यसरी लक्षण थाहा पाउनुहोस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 01:04:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले घरमै बसेर कोरोना संक्रमणको आशंका मेटाउने प्रयास गरेको छ। यस अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालययले घरमै बसेर आफूलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भए नभएको जानकारी प्राप्त हुने गरि एप्लीकेसनको बिकास गरेको छ। 

लक्षण देखिने वित्तिकै स्वास्थ्य संस्था जाँदा संक्रमणको जोेखिम अझ धेरै बढ्ने भएकाले घरमै बसेर आफूलाई कोरोनाको संक्रमण भए नभएको थाहा पाउन सजिलो होस् भन्ने उदेश्यले यो एप्लिकेशन तयार पारिएको सरकारको भनाई छ। 

कोरोना संक्रमणको शंका लागेमा उक्त एप्लिकेशनमा इन्ट्री गरेर स्वमूल्याङ्कन गर्न सकिने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भनाई छ। सेवाग्राहीले उक्त एप्लिकेशनमा इन्ट्री गरेको लक्षणका आधारमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन केन्द्रले मूल्याङ्कन गरेर सुझाव दिनेछ ।  उनले नागरिकलाई आफूलाई संक्रमण भए नभएको बारेमा थाहा पाउन सजिलो हुने सरकारको बिश्वास छ।  

उपत्यका बाहिर पनि कोरोना संक्रमित भेटिएकाले यसको संक्रमण मुलुकको जुनसुकै भागमा देखिनसक्न भन्दै संक्रमितको पहिचानका लागि एप्लिकेशन तयार पारिएको मन्त्रालयले जनाएको छ।

‘इन्टरएक्टिभ म्यापिङ’ गर्न सकिने सुविधा सहितको उक्त एप्लिकेशनमार्फत सेवाग्राहीले आफू नजिकको स्वास्थ्य संस्थाको बारेमा समेत जानकारी लिन सक्नेछन्। उक्त एप्लिकेशनले सेवाग्राहीलाई आफूलाई जस्तो प्रकारको उपचार सुविधा चाहिएको हो उक्त सुविधा नजिकको कुन अस्पतालमा छ भनेर जानकारी गराउनेछ। त्यसबाहेक एप्लिकेशनले मन्त्रालयले जारी गरेको सबै सूचना समेत थाहा पाइनेछ।

वेब र एप मार्फत कसरि थाहा पाउने ?

यदि तपाई कम्प्युटर वा ल्यापटप मार्फत घर मै बसेर आफुमा कोरोना संक्रमणको लक्षण थाहा पाउन चाहनुहुन्छ भने तपाईले https://www.mohp.gov.np/en/  साइट खोल्नुपर्नेछ। त्यहाँ वेबको माथिल्लो मेनु माथि भागमा अंग्रेजीमा 'कोभिड-१९ रेस्पोन्स वेब पोर्टल' लेखेको देख्नुहुन्छ। त्यसलाई क्लिक गर्नुपर्ने हुन्छ। 

त्य्स्पस्चात वेबको दायाँ साइडमा 'कोरोना लक्षण मुल्यांकन' लेखेको देख्नुहुनेछ र त्यसमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपश्चात उपलब्ध एउटा फारममा सोधिएका प्रश्नको सहि उत्तर दिनुपर्ने हुन्छ। सबै प्रश्नको उत्तर लेखेपछि उक्त फर्मको तल भागमा लेखेको सब्मिट मा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपश्चात तपाईले आफुमा कोरोना संक्म्रणको लक्षण कति छ भन्ने बिषयबारे न्युनतम जानकारी पाउनुहुनेछ। 

एप मार्फत 

यदि तपाई मोबाइल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले आफ्नो फोनको प्ले स्टोर मा गएर हाम्रो स्वास्थ्य भन्ने एप डाउनलोड गर्नुपर्ने हुन्छ। उक्त एपमा देखिएको  ुकोभिड १९ को लक्षणहरु आफैं मुल्यांकन गर्नुहोस भन्नेमा क्लिक गर्दा आउने फर्म भरेर सब्मिट गरेपछि आफुलाई कोरोना भाइरसको संक्रमण जोखिम कति छ भन्ने थाहा पाउन  सकिन्छ। 

यो एप वा वेब मार्फत कोरोना संक्रमणको जोखिमबारे मात्र जानकारी प्राप्त हुन्छ तर परिक्षणबीना संक्रमण बाहे नभएको थाहा नहुने हुनाले संका लागेमा वा कुनै लक्षण देखिएमा सरकारले उपलब्ध गराएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुपर्ने हुन्छ वा नेपाल सरकारद्वारा तोकिएको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved