मलेसियास्थित नेपाली दूतावासमा कार्यरत म्यानपावर व्यवसायी निष्कासित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 24, 2018 | 07:06:49 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसिया स्थित नेपाली दुतावासमा कार्यरत एक कर्मचारीलाई निष्काशन गरिएको छ। क्वालालुम्पुरस्थित नेपाली दूतावासमा कार्यरत सवारी चालक प्रविन प्रधानलाई दूतावासले निष्कासन गरेको जनाएको छ। 

प्रधानले उत्सव एचआर सोलुसन प्रालिको नाममा म्यानपावर कम्पनी सञ्चालन गरिरहेको समाचार बाहिरीएपछी दुतावासले उनलाई निष्काशन गरेको हो। प्रधान पिङ्गलास्थान–९ गौशला स्थित उक्त म्यानपावरको कार्यकारी निर्देशक रहेको पाइएको थियो।

प्रधानले विभिन्न कम्पनीहरुमा पुगेर नेपाली कामदारको माग बुझ्ने र दुतावासमा अन्य मेनपावर व्यवसायीहरुको कागजपत्र वैधानिक गर्ने गरेको पाईएको हो। मलेसियामा गैरकानुनी रुपमा बस्दै आएका नेपाली कामदारहरुसँग तीन हजार मलेसियन रिंगेट लिएर पासपोर्ट बनाउने धन्दामा समेत उनको संलनता देखिएको छ। प्रधानलाई यसअघिका राजदूतले सवारी चालकका रुपमा दूतावासमा जागिर दिएका थिए । 

   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved