कुमारी बैंकको ३ लाख ६६ हजार हकप्रद लिलाम बढाबढमा आबेदन दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2017 | 08:43:22 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले निष्काशन गरेको शतप्रतिशत हकप्रदका लागि आबेदन दिने आज अन्तिम दिन हो। बैंकले बैशाख ३ देखि जेठ ७ सम्मका लागि हकप्रद बिक्रि खुला गरेकाले शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन रहेको सेयर निश्कासक तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ।  

लक्ष्मी बैंक लिमिटेडले निष्काशन गरेको शतप्रतिशत हकप्रदका लागि लगानीकर्ताले आज अर्थात जेठ ७ सम्म आबेदन दिन सक्ने छन। बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद निष्काशन तथा बिक्रि खुला गरेको हो। 

शतप्रतिशत हकप्रदका लागि बैंकले गत चैत १८ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले गत चैत १७ सम्म कायम सेयरधनीहरुले मात्र शतप्रतिशत हकप्रद भर्न पाउने छन। 


गत चैत १७ सम्म कायम सेयरधनीहरुले सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल, नक्साल, काठमान्डू र लक्ष्मी बैंकको सबै शाखा कार्यालयबाट आबेदन फारम प्रात गरि हकप्रद भर्न सक्ने छन।    

शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब ३१ करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १८ दशमलब २९ प्रतिशत बोनस सेयर वितरण गरेको छ। शतप्रतिशत हकप्रद र बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ४७ करोड पुग्ने छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ४४ करोडबाट बढाएर ५६ करोड ९१ लाख खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved