गरिमा बिकास बैंकको ७० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, कह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 31, 2017 | 09:53:53 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा बिकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन हो। बैंकले बैशाख १४ देखि आज सम्म अर्थात जेठ १७ सम्म १०:७ को अनुपातमा अर्थात ७० प्रतिशतका  हकप्रद निष्काशन तथा बिक्रि गरिरहेको छ। आजसम्म हकप्रद भर्न सकिने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटलले जनाएको छ।  

७० प्रतिशत हकप्रदका लागि बैंकले गत फागुन चैत ३० का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले गत चैत २९ सम्म कायम सेयरधनीहरुले हकप्रद भर्न पाउने छन। बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ९० करोड ७६ लाख २९ हजार ६ सय ६६ रुपैयाँ बराबरको ९० लाख ७६ हजार २ सय ९६ दशमलब ६६ कित्ता हकप्रद निष्काशन तथा बिक्रि खुला गरेको हो।

गत चैत २९ सम्म कायम सेयरधनीहरुले बैशाख १४ देखि जेठ १७ अर्थात आज सम्म बिक्रि प्रबन्धक एस क्यापिटल लिमिटेड, लाल दरबार, काठमान्डू र एस डेभलपमेन्ट बैंक, गरिमा बिकास बैंक, महालक्ष्मी बिकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्ने छन।


७० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात गरिमाको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब २९ करोड रहेको छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा झन्डै दुइ गुणाले बढोत्तरी गरि बिगतदेखिको 'गरिमा' लाई यथावत राखेको छ। गत आर्थिक बर्षको यस अवधिमा १४ करोड ६६ लाख कमाई गरेको बैंकले यस अवधिमा २४ करोड ८५ लाख खुद मुनाफा आर्जन गरेको छ।

यस अवधिमा बैंकको प्रति सेयर आम्दानि २५ रुपैयाँ ५६ पैसा, मूल्य आम्दानीको अनुपात १३ दशमलब ७३ गुणा, कर्जा निक्षेप अनुपात ७६ दशमलब ७६ दशमलब ०२ प्रतिशत, प्रति सेयर नेटवर्थ १३६ रुपैयाँ १७ पैसा, पुंजीकोष लागत १७ दशमलब १८ प्रतिशत, तरलता अनुपात २२ दशमलब ३६ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved