24 Sep, 2018 | ८ आश्विन २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

स्वरोजगार लघुवित्तको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Posted on:May 31, 2017

citizen bank

स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ  ।  हकप्रदको लागि जेठ १७ गते बुक क्लोज मिति तोकिएकाले आज जेठ १६ सम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । 

लघुवित्तले असार १ गतेदेखि हकप्रद बिक्रि गर्ने छ । लघुवित्तले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो । लघुवित्तले ३ करोड ४९ लाख बराबरको सय रुपियाँ अंकित ३ लाख ४९ हजार ९ सय ९३ दशमलव ६० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।  हकप्रद बिक्रि सुरु भएको ३५ दिनसम्म अर्थात् श्रावण ४ सम्म भर्न सकिने छ ।  एनएमबि क्यापिटल हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक रहेको छ ।

 इच्छुक लगानीकर्ताले एनएमबि क्यापिटलको कार्यालय नागपोखरी नक्साल ,एनएमबि बैंकका शाखाहरु र स्वरोजगार लघुवित्तको कार्यालयमा आवेदन दिन सक्ने छन् । 

हाल माइक्रोफाइनान्सको चुक्तापुंजी ६ करोड ९९ लाख रहेकोमा हकप्रद निष्काशनपछि चुक्ता पुंजी १० करोड ४९ लाख पुग्ने छ। कम्पनीको अधिकृत चुक्ता पुंजी ४० करोड रहेको छ भने साधरण संस्थापक शेयर अनुपात ५१:४९ रहेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले २ करोड ३ लाख खुद नाफा कमाएको छ ।  

Share your thoughts!

Loading...

Trending