नेपालको पर्यटनबारे अन्तराष्ट्रिय पर्यटनविद्को यस्तो धारणा

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 28, 2018 | 05:02:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । त्यसलाई सफल बनाउने अभियानमा नेपाल लागिरहँदा ‘लोन्ली प्लानेट’ले ‘काठमाडौं’लाई विश्वकै घुम्नै पर्ने १० शहरमध्ये पाँच नम्बरमा राखेको छ । यसले पनि सरकारको भिजिट नेपाल वर्ष २०२० मनाउने लक्ष्यलाई केही हदसम्म पक्कै सहयोग गर्नेछ । 

नेपालको पर्यटनका विषयमा अन्तराष्ट्रिय पर्यटन क्षेत्रका विद्धानले पनि सकारात्मक नै कुरा गर्दै आएका छन् । नेपालको पर्यटन उद्योग र समग्र विश्व पर्यटनमा नेपालले देखेको सपनामा पनि उनीहरुले मिल्दोजुल्दो नै भनाई राख्ने गरेका छन् । 

अन्तराष्ट्रिय पर्यटन शिक्षाविद् डा.बर्न भान वाल्विकले घुमाउरो पारामा नेपालमा दक्ष जनशक्ति उत्पादन हुन ढिला भएको तर्क गरेका छन् । उनले भनेका छन्, “हिल्टन ग्रुपले विश्वभरि नै आफ्ना नयाँ होटलहरू खोल्दैछ, हिल्टनजस्ता अरु थुप्रै पाँचतारे होटलहरू नेपालमा पनि खुल्नेछन, त्यतिखेर यहाँ नै पर्याप्त दक्ष जनशक्तिको माग हुनेछ ।”  

काठमाडौँमा आयोजित एक कार्यक्रमा डा. वाल्विकले भूकम्पपछि नेपालले पर्यटकीय गन्तव्यलाई चाँडै पुननिर्माण र पुर्नस्थापित गरेको भन्दै प्रशंसा पनि गरे । भूकम्पबाट ठूलो नोक्सानी बेहोरेपनि नेपालको पर्यटन क्षेत्र निकै छिटो र्पुस्थापीत भएको उनको बुझाई छ । उनी प्रकोप तथा संकटपछिको पर्यटनको व्यवस्थापनसम्बन्धी विज्ञ समेत हुन । नेपालमा भूकम्प गए लगत्तै उनले नेपालको पर्यटन पुनस्र्थापनाका विषयमा प्रवचन पनि  दिएका थिए । 

अन्तराष्ट्रिय पर्यटन उद्योगका ज्ञाता एवम् विज्ञहरुले नेपालमा अन्तराष्ट्रिय पर्यटन रोजगारको धेरै माग हुने पनि आँकलन गरेका छन् । उनीहरुले अन्तराष्ट्रिय स्तरको पर्यटन रोजगारमा विक्न सक्ने जनशक्ति तयार पार्न पनि सुझाएका छन् । 

स्वीस होटल एशोसियशन होटलरी स्वीसका सञ्चार तथा बजारीकरण प्रमुख प्याट्रिक स्कोनबर्गले नेपालको पर्यटन जनशक्तिले विश्वमा पनि अवसर पाउने बताएका छन् । उनले भने, “विश्वभरि नै पर्यटन सम्बन्धि दक्ष जनशक्तिको माग बढ्दै गएको छ, यस्तो बेलामा नेपालमा उत्पादित जनशक्तिले विदेशमा समेत उत्तिकै अवसर पाउछन ।” 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved