अदालतको 'उपचार' पछि पर्यटन बोर्डले बल्ल पायो डेढ अर्ब बजेट, कहाँ-कहाँ हुन्छ खर्च ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 01, 2018 | 02:13:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष सकिएको झन्डै साढे तीन महिनापछि नेपाल पर्यटन वोर्डले बजेट पाएको छ। पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारी सम्हाल्दै आएको निकाय पर्यटन बोर्डले १ अर्ब ५० करोडको बजेट विनियोजन गरेको हो। 

यसअघि पर्यटन मन्त्रालयका सचिवको व्यस्तता र बोर्डका ३ सदस्यलाई सरकारले फिर्ता पठाएपछि बजेट विनियोजन हुन सकेको थिएन । तर सरकारले नियुक्ति बदर गरेका ३ जना सदस्यलाई अदालतले काममा फर्काईदिएपछि बोर्डले बल्ल बजेट पाएको हो । पूर्ण बजेट नहुँदा बोर्ड यसअघि १० प्रतिशत पेश्कीको भरमा काम गर्दै आएको थियो । 

बोर्डले सञ्चालक समितिका सदस्य कृष्ण अर्यालको संयोजकत्वमा बजेट निर्माण समिति गठन गरेको थियो  । बोर्ड सञ्चालक समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाको उपस्थितिमा बोर्डले बुधबार बजेट पास गरेको हो । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीका अनुसार बार्षिक कार्यक्रमको लागी १ अर्ब ५० करोड र कर्मचारीको तलब भत्ताका लागी १२ करोड बजेट विनियोजन भएको छ। हाल बोर्डमा ७१ जना कर्मचारीको दरबन्दी भएपनि ५ जनाको पद रिक्त छ । 

कहाँ कहाँ हुन्छ खर्च ?

वार्षिक कार्यक्रम अन्तर्गत २५ वटा अन्तराष्ट्रिय टुरिजम फेयर, मार्ट र एक्स्पो, पर्यटक आउने मुख्य देश र सम्भावित देशमा कार्यक्रम, बिबिसि, सिएनएन, लोन्ली प्लानेट जस्ता अन्तराष्ट्रिय मिडिया र भारतको मास मिडियाबाट नेपालको पर्यटनबारे प्रचार प्रसार, १ हजार अन्तराष्ट्रिय मिडिया र टुर अपरेटर्सलाई नेपालको परिचयात्मक भ्रमण गराउने बोर्डले जनाएको छ । 

यसका साथै खप्तडमा रिसोर्ट खोल्ने र नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको एकिन योगदान थाहा पाउन टुरिजम स्योटेलाईट एकाउन्टिङ पनि सुरु गर्दैछ । यसको लागी नेपाल राष्ट्र बैंक र तथ्यांक विभागको सहयोग लिइने सिइओ जोशीले जानकारी दिए । अन्तरािष्ट्रय विज्ञतालाई पनि यसको लागी प्रयोग गरिने उनको भनाई छ । यसपछि पर्यटन क्षेत्रबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा रहेको योगदान स्पष्ट हुनेछ । 

खप्तडमा रिसोर्ट खोल्ने विषय बाहिर केही विवादित जस्तो देखिएपनि बुरा नबुझेर विवादित बनाईएको सिइओ जोशीको भनाई छ । “बोर्ड स्वायत्त निकाय हो, हाफ्नो आम्दानी आफै गर्ने र खर्च आफे गर्ने अधिकार छ । सोही अनुसार खप्तडमा पर्यटनको विकासकै लागी ५ करोडको लागतमा  रिसोर्ट खोल्ने र विज्ञ व्यवसायीलाई सञ्चालन गर्न दिने निर्णय भएको हो” उनले भने । 

हाल बोर्ड आफ्नै आम्दानीमा चलेको छ । विभिन्न एअरलाईन्स, टुर्स, मार्ट र एक्स्पोमा सहभागी हुन विदेश जाने नेपाली व्यवसायीबाट लिईने शुल्कबाट बोर्डले आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

अन्य विषयमा पर्यटक र अन्तराष्ट्रिय पर्यटन सम्बन्धि संघसंस्थाबाट कमजोरी नदेखाईएपनि सेवाका विषयमा भने कमजोरी देखाईएकाले सरकारले भिजिट नेपाल २०२० लाई सफल बनाउन १० हजार व्यवसायीलाई दक्ष र गुणस्तरीय सेवा दिन सक्ने बनाउने लक्ष्य लिएको छ । त्यसमध्ये नाथमले ५ हजार र पर्यटन बोर्डले ५ हजार जनशक्ति पनि उत्पादन गर्नेछन् । 

पर्यटन बोर्डले यसपाली बजेट मार्फत नै डिजिटलाइजेशनलाई प्राथमिकतामा राखेको छ । विद्युतीय बजारीकरणलाई सुदृढ गर्नेतर्फ बजेट केन्द्रित रहेको बोर्डका सिइओ जोशीले बताए । ‘हामी डिजिटल माध्यममा जान खोजिरहेका छौं’ उनले भने, ‘योसँगै अन्तराष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधि, ब्लगर तथा टुर अपरेटर्सहरूको प्रवद्धर्नात्मक नेपाल भ्रमणलाई पनि प्राथमिकता दिनेछौँ ।’ ‘पहिला देश अनि विदेश’ नारा सहित यसवर्षलाई भिजिट नेपाल २०२० को तयारी वर्षका रूपमा मनाइने सिइओ जोशीले बताए । बजेटमा यस वर्ष २० वटा नयाँ गन्तव्यको डिजिटल क्षमता बढाइने पनि जनाईएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved