किनेर ल्याइएको भनिएको नेपाल एयरलाइन्सको जहाज भाडामा ल्याईएको खुलासा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 12, 2018 | 03:27:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमले खरिद गरेको भनिएका दुई वटा एयरबस वाइडबडी विमान  भाडामा ल्याईएको खुल्न आएको छ। निगमले प्रति विमान अमेरिकी डलर १० करोड ४८ लाखका दरले   २० करोड ९६ लाख अमेरिकी डलरमा २ वटा विमान खरिद गरेको बताउदै आएको थियो । 

तर एयरबसले नै ति विमान खरिद गरेको नभई भाडामा भएको जनाएको हो । एयरबसले जारि गरेको बिज्ञप्तिमा ति विमान पोर्चुगलको भाडामा लगाउने कम्पनी हाई फ्लाईबाट नेपालले भाडा लिएको उल्लेख छ। अझै पनि एयरबसको साइटमा उक्त बिज्ञप्ति देख्न सकिन्छ ।

निगमले भने हाई फ्लाईबाट विमान खरिद गरिएको जनाएको छ । तर हाईफाई विमान बिक्रि गर्ने कम्पनी नभई विमान भाडामा दिने कम्पनी मात्र रहेको उसको वेबसाइटबाट स्पष्ट हुन्छ । यो विमान भाडामा दिने कम्पनी मात्र भएकोले निगमलाई जहाज बेच्न कै लागि हाई फ्लाई एक्स आयरल्याण्ड नामक नयाँ कम्पनी स्थापना गरिएको खुल्न आएको छ ।  



निगम आफैले यसको खुलासा गरेको हो  ।  निगम सञ्चालक समिति सचिवालयले २०७४ जेठ ३० गते संस्थागत र अर्थ विभागका निर्देशकलाई लेखेको पत्रमा 'यही कारोबारका लागि मात्र स्पेसल पर्पोज कम्पनी गठन गरी कारोबार गर्दा सहज र सरल हुने निष्कर्षमा पुगी निगम र कन्सोर्टियमको आपसी सहमतिमा युरोपियन कानुनबमोजिम गठन भएको स्पेसल पर्पोज कम्पनी हाई फ्लाई एक्स आयरल्यान्ड लिमिटेड र निगमबीच जहाज खरिद–बिक्री सम्झौता भएको' उल्लेख छ ।

यसबाट पनि जहाज खरिदमा अनियमितताको आशंका गरिएको छ । महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरिद अनियमितता सम्बन्धमा प्रतिवेदन तयार गरेको थियो।  कार्यालयले विमान खरिद प्रक्रिया र मूल्यमाथि प्रश्न उठाएको हो । प्रतिवेदनले वाइडबडी खरिद गर्दा पुरानो विमान खरिदको प्रक्रिया अबलम्वन गरिएको उल्लेख गरेको छ ।  नेपाल एयरलाइन्सको आर्थिक विनियमावली २०६२ को विनियम २३६ को १ मा नयाँ विमान खरिद गर्नेसम्बन्धी प्रक्रिया तोकिएको छ भने २ मा पुराना विमान खरिद प्रक्रिया छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved