मनकामना मन्दिर भक्तजनका लागि खुल्ला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 01:49:39 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखाको मनकामना मन्दिर भक्तजनका लागि खुल्ला गरिएको छ । मन्दिर जीर्ण भएपछि जगैदेखि भत्काएर १ महिना अघि मात्रै पुननिर्माण सकिएको थियो । मन्दिर भत्काइएपछि भक्तजनले मन्दिर परिसरमा स्थापना गरिएको मनकामनाको प्रतिमूर्तिमा पूजाआजा गर्दै आएका थिए ।
पुरानो हुँदै गएपछि  मन्दिर पूर्व पश्चिम १६ सेन्टिमिटर र उत्तर दक्षिण पनि ५ सेन्टिमिटर भासिएको थियो । भूकम्पपछि थप जोखिममा परेको मन्दिरको पुनर्निर्माण पुरानै स्वरुपमा गरिएको छ ।
पुननिर्माणमा १४ करोड रुपैयाँ खर्च भएको छ । त्यसमध्येको ४ करोड रुपैयाँ सरकारले दिएको हो भने बाँकी १० करोड भक्तजनबाटै जुटाइएको हो । मन्दिरको छाना र गजुरमा लेपनका लागि मात्रै १८ किलो सुन लागेको छ । मनकामना मन्दिर २ सय वर्षभन्दा पुरानो मानिन्छ ।
मन्दिर परिसरमा पृथ्वीनारायण शाहले वि सं १८२५ सालमा स्थापना गर्न लगाएको घण्टा अझै सुरक्षित छ । २०६८ साल चैत २० गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मन्दिर जीर्णोद्वारको सुरु गरेका थिए । सरकारले आवश्यक रकम दिन ढिलाई गरेपछि मन्दिर जीर्णोद्धार समितिले भक्तजनसँग चन्दा संकलन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved