‘संघीय पर्यटन विधेयक २०७५’ को प्रारम्भिक मस्यौदा, यस्ता छन् विशेषता

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 29, 2018 | 12:07:13 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय पर्यटन विधेयक २०७५ को मस्यौदामा आन्तरिक पर्यटकलाई पनि समेटिएको छ । विधेयकमा आन्तरिक पर्यटकलाई समेटिएको यो पहिलो पटक हो । विधेयकको प्रारम्भिक मस्यौदामा पर्यटकको उद्धार, क्यासिनो सञ्चालनका लागि रिसोर्टको आवश्यक्ता, राष्ट्रिय पर्यटन परिषद र पर्यटन विकास समन्वय समिति निर्माण लगायतका प्रावधानको व्यवस्था गरिएको छ ।
अहिले लागु भईरहेको पर्यटन ऐन २०३५ समय सापेक्ष नभएको भन्दै नयाँ  विधेयक ल्याउने तयारी भइरहेको छ । देशमा परीक्षणको क्रममा रहेको संघीयतालाई सम्बोधन गर्ने गरी विधेयक ल्याउने तयारी भईरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।
पर्यटन क्षेत्रलाई अर्थ उपार्जनको मुख्य आधार बनाउने गरी विधेयक लयाईने पर्यटनमन्त्री रविन्द्र अधिकारीले जानकारी दिए ।


होटल तथा रिसोर्ट सम्बन्धी व्यवस्था
विधेयकको प्रारम्भिक मस्यौदामा तीन तारेसम्मको होटल तथा रिसोर्टको अनुमति प्रदेश सरकारले दिने व्यवस्था उल्लेख गरिएको छ ।  तीन तारे भन्दा माथिका होटल तथा रिसोर्टको अनुमति भने केन्द्र सरकारबाट लिनु पर्ने छ । अहिले सबै होटल तथा रिसोर्टको अनुमति केन्द्रबाट नै लिनुपर्ने प्रावधान छ । नयाँ विधेयक बनेपछि यो झन्झटको अन्तय हुने छ ।

पर्वतारोहण सम्बन्धी व्यवस्था
पर्वतारोहण सम्बन्धमा अहिले चल्तीमा रहेको पर्यटन ऐन २०३५ मा भन्दा केही प्रावधान फेरिएका छन् । मस्यौदामा पर्वतारोहीका साथै गाइड, सहयोगी, सम्पर्क अधिकृत लगायतले समेत स्वास्थ्य परीक्षण गर्नुपर्ने छ । थप भएको प्रावधानमा इजाजत पत्र प्राप्त नगरेका पर्वतीय पथप्रदर्शक, सहयोगीले पर्वतारोही दलका रुपमा काम गर्न पाने छैनन् ।


सुझाव
विधेयकको मस्यौदामाथिको छलफलमा पूर्व सचिव सुरेसमान श्रेष्ठले पर्यटन सम्बन्धि विज्ञ समूहको सुझावको आवश्यकता औल्याए । उनले भने, ‘भविष्यलाई ध्यान दिएर विधेयक निर्माण गर्नुपर्छ, ‘संघीय पर्यटन विधेयक भएकाले संघ र स्थानीय तहलाई जोडन सक्नुपर्छ ।’
होमस्टे एसोसिएसनका अध्यक्ष भिम केसीले मस्यौदामा होमस्टेबारे स्पष्ट व्यवस्था हुनुपर्ने बताए । ट्रेकिङ एजेन्सीज् एसोसियसनका अध्यक्ष नबराज दाहालले टिम्स कार्ड प्रयोगको विषयमा विधेयकमा नै प्रस्ट हुनुपर्ने सुझाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved