‘प्लाष्टिक मुक्त नेपाल’को सुरुवात, आर्ट समिट ट्राभलद्धारा रारा पदमार्ग सरसफाई

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 07, 2018 | 02:03:44 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्णली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य ‘रारा ताल’ को पदमार्ग सरसफाई गरिएको छ । आर्ट समिट ट्राभल एण्ड टुर्स प्रा.ली. काठमाडौँ र होटल हिलसाइड कालिकोटको आयोजनामा रारा पदमार्ग सरसफाई गरिएको हो । स्वर्गकी अप्सराको उपनाम पाएको रारा ताल वरीपरी फोहोर भएपछि त्यस क्षेत्रमा विगत वर्षदेखी नै नेपाली पर्यटकलाई घुमाउँदै आएको आर्ट समिट ट्राभलले सरसफाईको सुरुवात गरेको हो ।
रारा सहित देशका पर्यटकीय गन्तव्यको सौन्दर्य विग्रन नदिन र यसलाई राट्रब्यापी अभियानका रुपमा विस्तार गर्न सरसफाईको अभियान राराबाट सुरुवात गरिएको आर्ट समटि ट्राभलका प्रवन्ध निर्देशक सोमबहादुर तामाङ बताउँछन् । उनका अनुसार राराबाट सुरु भएको सरसफाई अभियान अब नेपालभर विस्तार हुनेछ । तामाङले यस अभियानलाई प्लाष्टिक मुक्त नेपाल बनाउने अभियानका रुपमा समेत लिएका छन् ।

रारा ताल वरीपरी फोहोर नहोस् भनेर त्यस क्षेत्रमा जाने पर्यटकले प्रयोग गरिसकेपछि काम नलाग्ने फोहोर राख्न तीन सय मिटरको दुरीमा ३० वटा डस्टबीन राखिएका छन् ।
कर्णाली प्रदेशका बन बाताबरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले अभियानको उद्घाटन गरे । उनले कर्णालीको बिकासका लागि पर्यटन प्रमुख स्रोत रहेको समेत बताए । मन्त्री बुढाले प्रदेश सरकाले सुरु गरेको ‘रारा पर्यटन वर्ष २०७५’ सुरु भएपछि मात्रै रारामा पचास हजार पर्यटकहरु पुगेको जानकारी दिए । यसअघि रारा आउने पर्यटकको निश्चित संख्या राख्ने निकाय नभएको र आएकाको संख्या मसेत यकिन नभएको विषयमा विजपाटी डटकमले राखेको प्रश्नमा मन्त्री बुढाले बैशाख १ गते पर्यटन वर्ष घोषणा भएपनि संरचनाको अभावमा रारा आउने पर्यटकको निश्चित दस्ताबेज राख्न नसकिएको स्वीकार गरे । तर उनले भदौदेखी यता भने दस्ताबेज राख्ने काम भएको भन्दै भदौदेखी हालसम्म मात्रै २० हजार पर्यटकले रारा भ्रमण गरेको जनाए ।

आर्ट समटि ट्राभलले ४ वर्षदेखी नेपालीलाई नेपालका विभिन्न स्थानमा भ्रमण गराउँदै आएको छ । आफ्नो देशको भूगोल र यहाँको सौन्दर्यका विषयमा नेपालीहरु जानकार हुनुपर्छ भन्ने हेतुले मध्यम वर्गीय मानिसले समेत घुम्न सक्ने गरी आर्ट समटिले विभिन्न प्याकेज निकाल्दै आएको छ । ‘नेपाल नेपालीलाई चिनाउँ’ अभियान सुरु गरेको आर्ट समटिले हालसम्म २० हजारभन्दा धेरैलाई घुमाईसकेको छ । १ लाख नेपालीलाई नेपाल घुमाउने उक्त ट्राभलको लक्ष्य छ ।
कर्णाली प्रदेशको मुगुमा पर्ने रारा तालको लम्बाइ पाँच किलोमिटर,  चौडाइ तीन किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ ।
रारा सरसफाई अभियानमा विजपाटी डटकम र संवाद डबली अनलाईन मिडिया पार्टनरका रुपमा रहेका थिए ।

यसअघि:

रारा पदमार्ग सफा गर्दै आर्ट समिट ट्राभल र हिल साईड होटल कालिकोट

राराको सौन्दर्य जोगाउन आर्ट समिटको सरसफाई अभियान, जाने होइन त पदयात्रामा ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved