पर्यटन पत्रकार महासंघले ‘पर्यटन पत्रकारिता पुरस्कार’ स्थापना गर्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 09, 2018 | 11:48:09 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन क्षेत्रलाई आफ्नोमुख्य विट बनाएर काम गर्दै आएका पत्रकारहरुको साझा संगठन ‘नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज)’ ले पाँचौ स्थापना दिवस मनाउने भएको छ । महासंघको काठमाडौँमा बसेको बैठकले पौष १५ र १६ गतेलाई स्थापना दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।
सन् २०१४ डिसेम्बरमा स्थापना भएको महासंघले डिसेम्बर ३१ लाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । यस वर्ष काठमाडौँमा केन्द्रीय समिति र राजधानी बाहिर प्रदेश/जिल्ला शाखाले स्थापना दिवस मनाउनेभएका छन् ।
बैठकले पर्यटन पत्रकारिता पुस्कारको स्थापना, क्रियाशिल जिल्ला शाखालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । बैठकले ‘हिलारी तेन्जीङ पर्यटन पत्रकारिता पुरस्कार’ र ‘पासाङल्ह्यामु महिला पर्यटन पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको छ । पुरस्कार राशी २० हजारको हुनेछ, विनियम बनाएर पुरस्कारलाई वितरण गरिने कोषाध्यक्ष अस्मिता गिरीले जानकारीदिईन ।
महासंघले स्थापना दिवसको अवसरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र पाटनढोका दरबार स्क्वायर परिसरमा सरसफाइ पनि गर्नेछ । स्थापना दिवसमै महासंघले आफ्नो मुखपत्र ‘नेपाल गन्तव्य’ मासिक पर्यटन पत्रिका समेत विमोचन गर्दैछ ।
देशभर संगठन रहेको पर्यटन पत्रकार महासंघमा हाल १ हजारभन्दा बढी पत्रकार आवद्ध रहेको महासंघले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved