पर्वत दिवसमा पर्वतका कुराः हिमाल जोगाउनु मुख्य चुनौती

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 11, 2018 | 12:59:41 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनले प्रत्येक वर्षको डिसेम्बर ११ तारिखलाई ‘विश्व पर्वत दिवस’को रूपमा मनाउँदै आएको छ । यस वर्ष ‘पर्वतका कुराहरु’ नारा सहित यो दिवस मनाईदैछ ।
संसारको कुल भु–भागमध्ये ४ प्रतिशत भू–भाग पर्वत क्षेत्रले ओगटेको छ । पर्वत क्षेत्रले ओगटेको यो ४ प्रतिशत भू–भागमा विश्वका १२ प्रतिशत मानिस बसोवास गर्छन् । पर्वत वाताबरणको विशेष आधार हो । यदि हिमाल हुँदैन र रहँदैन भने वाताबरणको अस्तित्व नै धरापमा पर्छ । हिमालय एवम् पर्वतले कृषि र जलविद्युत मार्फत जुनसुकै मुलुकको पनि आर्थिक उपार्जनको जगलाई बलियो बनाउन सक्छ ।
केही दिन अगाडी काठमाडौँमा भएको एउटा अन्तराष्ट्रिय कार्यक्रममा पनि पर्वतीय क्षेत्रको सुरक्षाको चुनौतीका विषयमा कुरा उठेको थयो । उक्त कार्यक्रमका संयोजक डाक्टर अनिल जग्गीले पहाड र हिमाल बचे मात्रै पूरै दुनिया बच्ने बताएका थिए ।
नेपालले आर्थिक उपार्जनको मुख्य स्रोत पर्यटनलाई मानेको छ । यद्यपी अहिलेसम्म पर्यटन उद्योगबाट कुल ग्राहस्थ उत्पादनमा सोचेजस्तो योगदान पुग्न सकेको छैन । यसका अलवा कृषि र जलविद्युत अर्थतन्त्र बलियो बनाउने मुख्य आधार हुन । यी सबैको मुख्य स्रोत भने पर्वत नै हो ।
नेपालको जम्मा क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्गकिलोमिटर छ । यसमध्ये ४३ प्रतिशत भू–भाग पहाड छ । १५ प्रतिशत हिमाल छ । यसबाट पनि नेपालको जनसंख्याको ठूलो हिस्सा पर्वतीय क्षेत्रमा बसोबास गर्छन् भन्ने पुष्टि हुन्छ ।
विश्वको कुल जनसंख्याको ७० प्रतिशत मानिसले पर्वतबाट निस्केको पानी प्रयोग गर्छन् । यति मात्रै नभई मानिसहर पर्वतमा नै निर्भर समेत छन् । कुल जनसंख्यामध्ये १ अर्ब मानिस पर्वतलाई आफ्नो आयस्रोत मानिरहेका छन् । पर्वतमा भर परेर बाँच्दै आएका मानिसहरुलाई अहिले निकै समस्या भएको छ । पहाड र पर्वत जलवायु परिवर्तनले जोखीममा पर्दै छन् ।
नेपालमा केही वर्षअघि सम्म सेताम्मे देखिन हिमाल र पर्वतहर अहिले काला पत्थरमा परिणत भएका छन् । हिमालमा हिउ पर्न छाडेको छ, काठमाडौँको आकाशमा त रातमा तारा समेत देख्न छोडिसकेको छ । जलवायु परिवर्तनको असरले पर्यावरणलाई नमज्जाले हिर्काएको छ । पर्वतीय भू–भागमा विभिन्न किसिमका वाताबरण प्रतिकुल गतिविध बढ्नाले यस्तो भएको वाताबरण विदहरु बताउँछन् । पर्वतलाई जोगाउनु आजको चूनौती बनेको छ । यसको सदुपयोगमा वैज्ञानिक विधि अपनाईएन भने अवको केही दशकमा भएका हिमाल सबै काला पत्थर हुनेछन् । त्यसैले पर्वतीय पर्यावरणका सवालमा पर्यावरण जोगाउने अभियानले निरन्तरता पाउनुपर्छ ।
विश्वका ८ वटा अग्ला हिमाल नेपालमा
नेपाल हिमाली जिल्ला हो । यसका पूर्वतिर सेताम्मे हिमाल छन् । विश्वले मान्यता दिएको ८ हजारभन्दा अग्ला १४ ओटा अग्ला हिमालमध्ये ८ ओटा नेपालमा छन् । हिमरेखा भन्दा माथिका १ हजार ७ सयओटा हिमाल नेपालमा छन् । हाल सरकारले ५ हजार ५ सय ५० मिटर अग्ला ४ सय वटा हिमाल पर्वतारोहणका लागि खुला गरेको छ । यसमा ८ हजार ८ सय ४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथा पनि पर्छ । यसका साथै ८ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घा, ८ हजार ५१६ मिटर अग्लो ल्होत्चे, ८ हजार ४६३ मिटर उचाईको मकालु, ८ हजार २०१ मिटर अग्लो चोओ–यु, ८ हजार १६७ मिटर अग्लो धवलागिरी, ८ हजार १६३ मिटर अग्लो मनास्लु, ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल नेपालमा छन् ।
नेपाल सरकारले ३३ ओटा हिमाललाई ट्रेकिङ पिकको मान्यता दिएको छ । यी पिकहरुको  रेखदेख गर्ने, यी पिक आरोहण गर्नेआरोहीलाई परमिट दिने र आरोहण वापतको शुल्क उठाउने जिम्मा नेपाल पर्वतारोहण संघ (एनएमए) लाई दिएको छ । ३३ वटा पिक बाहेक पर्वतारोहणका लागि खुला गरिएका हिमाल सरकारकै मातहतमा छन् ।
हिमालमा निर्भर पर्यटन
नेपालको पर्यटन क्षेत्र हिमालसँग निर्भर छ । यसको अर्थ नेपालकोपर्यटन उद्योग पर्वतले धानेको छ । नेपाल घुम्न आउने पर्यटक यहाँको पहाडी क्षेत्रमा ट्रेकिङ, हिमाल आरोहण, विभिन्न साहसिक खेल खेल्न र हेर्न आउँछन् । साहसिक गतिविधका लागी नेपाल आउने पर्यटनबाट मुलुकले आम्दानी पनि लिएको छ । त्यसैले पर्वतीय पर्यटन नेपालको मुख्य पहिचान हो ।
नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै छ । वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकार उदेश्यमा पुग्न त निकै कठिन छ । तर पनि सन् २०१८ को हालसम्म आएका पर्यटकको संख्यालाई हेर्ने हो भने यो वर्ष सुखद नै बनेको छ । अघिल्ला वर्षको तुलनामा यसवर्ष नेपाल आउने पर्यटक बढेका छन् ।
पर्यटकको संख्या बढेपनि हाम्रो पूर्वाधार विकासमा भने खासै प्रगति भएको छैन । जति धेरै पर्यटक बढ्छन् त्यति नै उनीहरुको सुरक्षामा चुनौती थपिन्छ । गत असोज महिनादेखी हालसम्म मात्रै १ सय ७४ पर्यटकको उद्धार गर्नु परेको छ । यो तथ्यांक पर्यटन विभागमा छ ।
पर्यटकको संख्या बढेकोछ भनेर खुशी मनाउनुको सट्टा पूर्वाधार विकासमा पनि समय दिनुपर्ने पर्यटन विद् प्रचण्डमान श्रेष्ठको सुझाव छ । उनका अनुसार सरकारले घोषणा गरेको भिजिट नेपाल वर्ष २०२० को मुख्य उदेश्य अझै थाहा भएको छैन । २० पर्यटक लयाउनु मात्रै मुख्य उदेश्य होकि अरु नै केही पनि छ भन्नेमा सरकार र मातहतका निकाय नै अलमल्लमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved