गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 02:06:01 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशले प्रदेशेको आवधिक योजना बनाउन छलफल सुरु गरेको छ । सरकारले नीति तथा कार्यक्रममार्फत अघि सारेको लक्ष्य पूरा गर्न आवधिक योजना बनाउन थालेको हो । प्रदेश नीति तथा योजना आयोगले विज्ञहरु सहित बुधबार र बिहीबार छलफल गरेको छ ।
विज्ञहरुको राय लिएर आगामी चैतभित्र पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधार विकास सम्बन्धी आवधिक योजना बनाउने प्रदेश सरकारले बताएको छ । यो सरकारको अवधि पौने ४ वर्ष छ । यो अवधिमा के विकास गर्ने र १५ वर्षपछिको गण्डकी प्रदेश कस्तो हुने भन्ने खाका कोर्नु योजनाको उदेश्य रहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । मुख्यमन्त्री गुरुङले प्रदेशले बिजुली खपत ५ गुणा बढाउने र ५ वर्षमा उत्पादन दोब्बर बनाउने बताए । ‘हामी विदेशीले बनाइदिएको जुत्ताअनुसार खुट्टा हैन, आफ्नो खुट्टा अनुसार जुत्ता बनाउन चाहन्छौं’ मुख्यमन्त्री गुरुङले भने ।
प्रदेश सरकारले आगमी ५ वर्षमा प्रतिव्यक्ति आय १ हजार २१ बाट २ हजार ५ सय अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ । गरिबी ७ प्रतिशतमा झार्ने र प्रदेशको वार्षिक आय वृद्धिदर ८ प्रतिशत पुर्याउने सरकारको निती छ ।
सरकारले ५ वर्षमा प्रदेशको जनसंख्या बराबर पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । गण्डकी प्रदेशको जनसंख्या २४ लाख ९० हजार ४३७ छ । कुल ग्राहस्थ उत्पादन ३३५ अर्ब छ । आगामी २ वर्षमा सबै नागरिकको पहुँचमा खानेपानी र बिजुली पुर्याईसक्ने सरकारी लक्ष्य छ ।
छलफलमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्माले प्रदेशको विकासको सूचकको अवस्था र आवधिक योजनाले सम्बोधन गर्नुपर्ने विषयहरु प्रस्तुत गरे । गण्डकी प्रदेशको ६३ स्थानीय तहमा बैंक तथा बित्तिय संस्था पुगेका छन् । पर्यटनलाई समृद्धिको प्रमुख आधारका रुपमा लिएको गण्डकी प्रदेशमा स्वदेशी तथा विदेशी गरी १० लाख पर्यटक पुगेको बताईएको छ । २०२२ सम्म गण्डकी प्रदेशले २० लाख पर्यटक भित्राउने भनेको छ । पर्यटन क्षेत्रले प्रदेशको ग्राहस्थ उत्पादनमा १० प्रतिशतको योगदान र्पुयाएको सरकारको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved