भारतीय नोट प्रतिबन्ध: पर्यटन व्यवसायी भन्छन्, ‘बजार मासिने भयो’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 21, 2019 | 12:09:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएपछि पर्यटन बजारमा यसको प्रभावका विषयमा विभिन्न कोणबाट कुराहरु हुन थालेका छन् । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ प्रयोगमा प्रतिबन्ध लगाएपछि यसको प्रभाव पर्यटन उद्योगमा पनि देखिने प्रष्ट भएको छ ।

नयाँ नीति अनुसार भारतमा बाहेक अन्य मूलुकमा भारतीय मुद्रा लैजान वा अन्य मूलुकबाट ल्याउन प्रतिबन्ध लागेको छ । यो निर्णयले भारतबाट नेपाल आउने पर्यटकलाई समस्या हुने पर्यटन व्यवसायीहरु बताउँछन् ।

अहिले नेपाली पर्यटन उद्योगको मुख्य बजार भारत हो । यद्यपी गुणात्मक पर्यटक नभित्रिएपनि संख्यात्मक हिसाबमा भारतीय पर्यटक धेरै नेपाल आउँछन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०१८ मा नेपाल आउने भारतीय पर्यटकहरु गत वर्षकोे तुलनामा २५.१ प्रतिशतले बढेका छन् । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल आएकोमा भारतबाट मात्रै दुई लाख ४८३ पर्यटक नेपाल आएका छन् ।

भारतबाट आउने पर्यटकमध्ये अधिकाधिक पर्यटक स्थलमार्गबाट आउने गर्छन् । स्थलमार्गबाट भित्रिनेमा सबैभन्दा बढी भैरहवा नाकाबाट १ लाख ६५ हजार पर्यटक भित्रिएका छन् ।

व्यवसायी भन्छन्,‘व्यापार घाटा बढाउने नियत’

तर सरकारको भारतीय नोट बन्द गर्ने सरकारको निर्णयले नेपालको पर्यटन व्यवसायमा भने नकारात्मक असर पर्ने व्यवसायीहरु बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० सुरु हुन अब एक वर्ष मात्रै बाँकी छ । वर्षदिन अगाडी पर्यटन बजारको मुख्य हिस्सा ओगटेको देशको नोटमाथि नै प्रतिबन्ध लगाउँदा सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा ठेस लाग्न सक्ने व्यवसायीको भनाई छ ।

ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल सरकारको निर्णय गलत भएको बताउँछन् । उनले भने, ‘‘यो ठिक भएन, भारतमा चल्ने जति सबै भारतीय नोट नेपालमा चल्नुपर्छ ।’’ उनका अनुसार पर्यटन उद्योगमा भारतीय बजारले ठूलो योगदान पुर्याएको बेलामा भारतीय नोट नै प्रतिबन्ध लगाउनु बजार मास्ने काम हो ।

भिजिट नेपाल २०२० नजिकिँ रहेका बेला सरकारको यो कदमले आफैँलाई घाटो हुने उनको भनाई छ । अध्यक्ष दाहालले नोट प्रतिबन्धले व्यापार घाटा झन बढ्ने बताए । ‘‘नोटमा प्रतिबन्ध लगाउनु भनेको व्यापार घाटा झन बढाउनु हो’’ उनले भने, ‘‘नेपाली नोट पनि भारतमा चल्ने वाताबरण मिलाउनुपर्छ ।’’

नेपाल एशोसियसन अफ टूर्स एउड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष सि.एन. पाण्डे पनि भारतीय नोट प्रतिबन्धले नेपालको पर्यटन बजार ओरालो लाग्ने बताउँछन् । आउने पर्यटकको सहजताका लागी पनि नोट प्रतिबन्ध लगाउन नहुने उनको भनाई छ ।

‘‘साना नोट बोकेर आउँदा पर्यटकलाई पनि असजिलो हुन्छ’’ उनले भने, ‘‘बरु साना नोट बन्द गरेर ठूला नोट त चल्न दिनुपर्छ ।’’ उनका अनुसार पर्यटन व्यवसायीहरुले सरकारलाई यो कदम पुर्नविचार गर्न आग्रह गर्नेछन् ।

नेपाल राष्ट्रि पर्यटन व्यवसायी संगठनका अध्यक्ष मदन आचार्य भने बाहिर भएका आशंका जस्तो प्रभाव नपर्ने बताउँछन् । कार्डबाट तिर्ने प्रणाली भएकाले सरकारको यो कदमले गुणस्तरीय पर्यटक भित्रिनेमा उनी आशावादी छन् ।

‘‘पैसाकै कारणले घट्ने बढ्ने हुन्छ जस्तो मलाई लाग्दैन’’ उनले भने, ‘‘कार्डबाट तिर्ने प्रक्रिया छँदै छ, त्यति धेरै नकारात्मक असर पर्छ जस्तो लाग्दैन ।’’ सुरु सुरुमा प्रक्रिया झन्झटिलो लागेपनि कालान्तरमा यसले फाइदा पुग्ने उनको विश्वास छ । ‘‘प्रक्रिया सुरु गर्दा केही सामान्य प्रभाव पर्ने देखिएपनि सरकारको यो कदम सकारात्मक छ’’ उनले भने ।

राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुङ्गानाका अनुसार नेपालीले भारतमा जाँदा मात्रै भारतीय मुद्रा प्रयोग गर्न सक्नेछन् । भारु एक सय र सोभन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्था बमोजिम मात्रै ल्यउन लैजान पाईनेछ ।

यसअघि:

५ प्रकारका भारतीय नोट नेपालमा प्रतिबन्ध

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved