भ्रमण वर्ष २०२० सफल पार्न पर्यटन बोर्डका पूर्व सीईओ श्रेष्ठका ७ टिप्स

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 01, 2019 | 11:17:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पर्यटनको विकासक्रम १९६० को दशकबाट सुरु भएको हो । विगतमा भएका अनेकौ प्रयासपछि नेपालको पर्यटन उद्योग बल्लतल्ल तङ्ग्रिएको छ । यसको विगतलाई हेर्ने हो भने सन् १९९८ पछाडी पर्यटकीय गतिविध बढेका छन् । तर त्यसको केही वर्षमै देश द्धन्द्धमा फसेपछि पर्यटन व्यवसायले अपेक्षाकृत गति लिन भने सकेन ।

सन् २०११ मा आइपुग्दा पर्यटनका लागी सँगसँगै भन्ने नारासहित पर्यटन वर्ष २०११ मनाइयो । यसले अन्तराष्ट्रिय जगतमा नेपालका विषयमा छरिएका भ्रम चिर्न सफल भयो । फेरि पनि नेपाल अहिले भ्रमण वर्ष २०२० मनाउने तयारीमा छ । अघिल्ला वर्षमा भएका गतिविधलाई ध्यानमा राखेर सोही मोडलले भ्रमण वर्षको तयारी भईरहेको देखिन्छ तर यतिले मात्रै पुग्दैन ।

१) पूर्वाधार

भ्रमण वर्षको पहिलो सर्त हो पूर्वाधार । पूर्वाधार विकास गरेपछि एक्सनमा जाने हो । जुन वर्षलाई हामी पर्यटन वर्ष वा भ्रमणका वर्षका रुपमा मनाउँदैछौँ, त्यो भन्दा अघिल्लो वर्षलाई पूर्वाधार निर्माण वर्षका रुपमा लिईनुपर्छ । त्यसैले सन् २०१९ मा पर्यटकीय गतिविधिका लागी धेरैभन्दा धेरै गन्तव्यको विकास गरिनुपर्छ । विमानस्थलको सुधार हुनुपर्छ ।

पूर्वाधार बनाउने भनेर बाटो खन्ने मात्रै होईन । त्यसलाई व्यवसायीक प्रयोजनका दृष्टिकोणले पनि अनुकूल बनाईनुपर्छ । व्यवसायीक अनुकूल बनाईएन भने जति पर्यटक आएपनि हाम्रो जीवनस्तर माथि उठ्दैन ।

२) एनएसीको अन्तराष्ट्रिय उडान

दोस्रो कुरा के हो भने नेपालको आफ्नो जहाजले अन्तराष्ट्रिय उडान भर्नुपर्छ । अधिकाधिक विदेशी यात्रु बोक्नुपर्छ । यसले संख्या मात्रै नभई गुणस्तरीय पर्यटक आगमनमा पनि वृद्धि गर्छ । त्यति मात्रै नभई नेपालको आफ्नो राष्ट्रिय ध्वजाबाहक विमानले अन्तराष्ट्रिय उडान गर्दा देशको गरिमा पनि उच्च हुन्छ ।

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको व्यापारमा समेत वृद्धि हुन्छ । फलस्वरुप टाट पल्टिएको भनिएको एनएसी उक्सिन सक्छ ।

३) होटल क्षमतामा वृद्धि

अर्को कुरा के हो भने हाम्रा होटलको क्षमता बढाउनुपर्छ । अहिलेपनि नेपालका होटलको क्षमता भनेको दैनिक ५० हजारभन्दा बढी छैन । यसलाई बढाउनुपर्छ । होटलमा लगानी गर्ने निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्छ । राज्यले विभिन्न सुविधा छुट दिएर भएपनि नयाँ स्तरीय होटल खोल्न प्रोत्साहन गर्नुपर्छ ।

होटलसँगै होमस्टेको पनि उचित व्यवस्थापन गरिनुपर्छ । सन् २०११ म मनाईएको पर्यटन वर्षले होमस्टेको विकासमा नयाँ आयाम थपेको छ । गाउँगाउँमा पनि पर्यटनको विकास गर्न ग्रामिण पर्यटनको अगुवाई गरिरहेका होमस्टेलाई उपेक्षा गर्नु हुन्न । यीनलाई पनि सँगसँगै लैजानुपर्छ ।


४) पर्यटकीय गतिविधिको विकेन्द्रीकरण

नेपालको पर्यटन केही ठाउँमा मात्रै सिमित छ । नाम नै तोकेर भन्दा ६ ठाउँमा मात्रै पर्यटकीय गतिविध सिमित छ । काठमाडौँ, पोखरा, चितवन, अन्नपूर्ण र सगरमाथा आधार शिविरमा मात्रै हाम्रो पर्यटकीय गतिविध सिमित छ । अहिले विस्तार लुम्बिनीले लय समातेको छ । यति ठाउँमा मात्रै गतिविधिलाई सिमित गरेर खुम्च्याउन हुन्न । जतिसक्दो चाँडो बजार पहिल्याएर विकास गरिनुपर्छ । यी भन्दा धेरै राम्रा र पर्यटकीय सम्भावना बोकेका ठाउँहरु हामीसँग छन् । तीनको पहिचान गरिनुपर्छ ।

५) १०० गन्तव्यको विकास

सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गरी १०० वटा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेको छ । तीनको विकास र त्यहाँ पर्यटकीय संरचना बन्नुपर्छ । ती ठाउँलाई विकास गर्न सके पर्यटकको गतिविधि विकेन्द्रीत हुन्छ । एक ठाउँमा सिमित रहेका गतिविधि देशव्यापी हुन्छ । एकैपटक सय वटैमा नसक्ने स्थित हो भने योजना बनाएर वर्षमा कतिवटा सकिन्छ त्यति वटाको मात्रै विकास गरेपनि धेरै ठूलो उपलब्धि हुनेछ । यसले पर्यटन बजारमा पक्कै नयाँ उचाई थप्नेछ ।

६) आयोजकको स्पष्ट भिजन

कताकता खड्केको विषय भनेको आयोजकको भिजन पनि हो । भिजिट नेपाल वर्ष २०२० को मूल आयोजक नेपाल सरकार । हेर्दा २० लाख पर्यटक ल्याउने भनिएपनि यसको भित्रि उदेश्य अझै क्लियर छैन । २० लाख मात्रै किन ? २० को ठाउँमा २५ ल्याए के हुन्छ ? यस्ता प्रश्नको उत्तर आजसम्म पाएको छैन । २०११ को पर्यटन वर्षले नेपाल द्धनद्धरहित छ भन्ने सन्देश दिएको थियो । होमस्टेको विकासलाई तीव्रता दिएको थियो । तर सन् २०२० सकिएको भोलिपल्ट यसले के सन्देश दिने भन्ने स्पष्ट भिजन आजसम्म आएको छैन । आयोजकले भिजनको निक्र्यौल गर्नैपर्छ ।

७) भ्रमण वर्षमा आउने पर्यटकलाई सहुलियत

२०२० मा नेपाल आउने पर्यटकलाई के सहुलियत छ त ? उनीहरुलाई प्लेन भाडा फ्रि हो कि, नेपाल आएपछि बस्ने होटलमा केही सहुलियत छ कि ! प्लेन भाडामा ५० प्रतिशत छुट दिएर यता आएपछि होटलबाट उठाए भैहाल्यो नि, केही न केही त नयाँ स्किम हुनुपर्यो ।

(पर्यटनविद् प्रचण्डमान श्रेष्ठ पर्यटन विभागका तत्कालिन महानिर्देशक हुन्)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved