नेपालमा पहिलो पटक ‘आइस क्लाइम्बिङ फेस्टिबल २०१९’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 12:49:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पहिलो पटक ‘आइस क्लाइम्बिङ फेस्टिबल’को विकास गरिने भएको छ । सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षलाई लीषत गरी नयाँ प्रोडक्टको रुपमा आइस क्लाइम्बिङलाई विकास गर्न फेस्टिबल आयोजना गर्न लागिएको हो ।

जुनसुकै मौसममा पनि ‘आइस क्लाइम्बिङ’ गर्न सकिने सन्देश प्रवाह गर्नका लागि पहिलो पटक नेपालमा ‘आइस क्लाइम्बिङ फेस्टिबल २०१९’ हुन लागेको नेपाल क्लाइम्बिङ टिमले जानकारी दिएको छ । माघ १९ देखि २७ गतेसम्म मनाङको हुम्डेमा हुने फेस्टिबलको आयोजना हुँदैछ । नेपालमा साहसिक पर्यटन प्रवद्र्धन गर्न र नेपालको प्रचारप्रसार गर्न फेस्टिबल सहयोगी हुने नेपाल क्लाइम्बिङ टिमका विष्णु तामाङले बताए ।

फेस्टिबलले नेपाललाई संसारकै प्रमुख आइस क्लाइम्बिङ गन्तव्यको रूपमा विकास गर्न सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका सदस्य कृष्णकुमार अर्यालले बताए । यो फेस्टिकल सम्पन्न गर्न १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved