‘जहाज आएपछि घोटलाको बखेडा झिकेर निगमसँगै पर्यटन क्षेत्र सिध्याउने खेल भयो’

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 04, 2019 | 12:26:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन व्यवसायीले वाइडबडी घोटला प्रकरण सुनियोजित ढङ्गले रचिएको आरोप लगाएका छन् । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कसांकारलाई सिध्याउने नियकतले यो प्रकरण रचिएको उनीहरुको बुझाई छ । वायु सेवा निगमले लामो प्रयासपछि ल्याएको जहाजलाई जोडेर निगमसँगै नेपालको पर्यटन क्षेत्र सिध्याउने खेल भएको आरोप लगाए ।

केही दिन अघि ट्रेकिङ एजेन्जस् एसोसियसन अफ नेपाल (टान) को सचिवालयमा एक अन्तरक्रिया आयोजना गरि आएको वाइडबडी सञ्चालन गर्नुपर्ने आवज सार्वजनिक गरेका पर्यटन व्यवसायीले सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमणलाई असफल बनाउने मनशायले वाइडबडी प्रकरणको रचना भएको भन्दै विज्ञप्ती समेत जारी गरेका छन् । उनीहरुले गलत भएको भए छानबिन गरी कारबाही गर्नुपर्ने तर अपराधी जसरी नै मन्त्री र सचिवलाई मुछ्ने काम भएको भन्दै आपत्ति समेत जनाए । यसले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यमा बाधा पुग्ने उनीहरुको भनाई छ ।

छानबिन गरेर गलत भेटिए कारबाही गरिनुपर्ने तर छानबिन नै नभई काम गरिरहेका पर्यटनमन्त्री रविन्द्र अधिकारी र सचिव कृष्णप्रसाद देवकोटाको मनोबल घटाउने गरी प्रचार गरिएको उनीहरुको ठहर छ । विजपाटी डटकमसँगको कुराकानीमा पर्यटन क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले यस्तो बताए :

नेपाल एयरलाइन्सलाई ध्वस्त पार्ने गिरोह सक्रिय: एनएमए अध्यक्ष लामा
नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष शान्तवीर लामाले नेपाल एयरलाइन्सलाई सक्न विगतदेखी नै केही गिरोह सक्रिय रहेको भन्दै अहिले पनि त्यही तत्वले नेपाल एयरलाइन्सलाई ध्वस्त पार्न लागेको आरोप लगाए । ‘एनएसीलाई ध्वस्त पार्न विगतदेखी नै केही तत्व लागिपरेका छन्’ उनले भने, ‘विदेशी एयरलाइन्ससँग साँठगाँठ गरेका माफियाले वर्तमान मन्त्री र सचिवलाई अपराधी नै जसरी प्रचार गरिरहेका छन् । यसमा हाम्रो आपत्ति छ ।’ लामाले वाइडबडी प्रकरणलाई जोडतोड गरेर पर्यटन क्षेत्रको कुभलो चिताउनेहरुको भिजिट नेपाल २०२० असफल बनाउने दाउ भएको आरोप लगाए ।

जहाज आइसकेपछि अनियमितता कसरी थाहा भयो: टान अध्यक्ष दाहाल
ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले वाइडबडीमा भएको घोटला प्रकरणमा फैलाईएका अफवाह स्वीकार्य नभएको बताए । सरकारलाई निरुत्साहित पार्ने काम भएको भन्दै उनले भने, ‘पर्यटन व्यवसायीलाई उत्साहित बनाईरहेका वर्तमान मन्त्री र सचिवलाई घोटलामा मुछ्ने गलत काम भयो, राम्रो काम गर्नेलाई निरुत्साहित पार्ने कामको टान विरोध गर्छ ।’‘वाइडबडीमा घोटला भएको कुरा पहिला कुरा किन आएन रु  पैसा तिरेर जहाज आइसकेपछि अनियमितता भएको कसरी थाहा भयो रु’ दाहालले उल्टै प्रश्न गरे ।

निगमले जहाज ल्याएपछि विदेशी पर्यटकको संख्या बढ्दै गएको भन्दै उनले भने ‘लामो समयपछि निगमले सफलतापूर्वक जहाज ल्याएको छ, यी जहाजलाई उड्ने वातावरण मिलाउनुपर्छ ।’

नेपाल एयरलाइन्सलाई व्यवसाय गर्न नदिने नियत: नाट्टा अध्यक्ष पाण्डे
नेपाल एशोसियसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष सि।एन। पाण्डेले वाइडबडीमा घोटला भएको देखाएर नेपाल एयरलाइन्सलाई व्यवसाय गर्न नदिने नियत भएको दाबी गरे । उनले भने, ‘एनएसीलाई व्यवसाय गर्न नदिने र विदेशी एयरलाइन्समार्फत कमाउने दाउ भएकाले जथाभावी प्रचारबाजी गरेका छन् ।’

कसांकासरलाई धन्यवाद: हान अध्यक्ष शाक्य
होटल एशोसियसन नेपाल (हान) का अध्यक्ष अमरमान शाक्यले भिजिट नेपाल २०२० लाई असफल बनाउन लागेका गिरोहले वाइडबडीको गलत प्रचार गरेको आरोप लगाए । अहिलेसम्म नेपालको पर्यटन उद्योग विदेशी एयरलाइन्सको भरमा रहेको भन्दै नेपालको राष्ट्रिय ध्वजाबाहक जहाज आवश्यक रहेको बताए । उनले नेपाल एयरलाइन्सका सुगतरत्न कंसाकारलाई धन्यवाद दिईनुपर्ने बताए । घोटला भए नभएको छानबिन गर्ने निकाय रहेकोले छानबनि हुनुपर्ने तर आवश्यक रहेको जहाज कंसाकारले ल्याउने आँट गरेकाले उनलाई पर्यटन व्यवसायीले धन्यवाद दिनुपर्ने बताए ।

जहाज नउडे एनएसी थला पर्छ: आचार्य
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष मदन आचार्यले नेपाल एयरलाइन्सलाई कमजोर बनाउने तत्व उग्र भएर लागेको आरोप लगाए । ‘एनएसीको नेतृत्वलाई उत्साहित बनाउनुको सट्टा कमजोर बनाउने काम भयो, एउटा व्यक्तिलाई सिध्याउने नियतले देशको सिङ्गो उद्योगलाई नै बदनाम बनाउने काम भयो’ उनले भने । अब पनि जहाज नउडे एनएसी थला पर्ने भन्दै उनले आएका जहाज निर्वाध रुपमा उड्न पाउनुपर्ने माग गरे ।

कसरी आए जहाज ?

निगमले ग्लोबल टेण्डर आह्वान गरेपछि छ देशका ११ कम्पनीले टेण्डर हाले । उनीहरुले दुई ओटा वाइडबडी जहाज ए–३३०–२०० किन्न २४ अर्बदेखी ३२ अर्बसम्म किन्न सकिने जनाए । त्यसपछि निगमले सबैभन्दा कम २४ अर्बमा जहाज किन्न सक्ने भनेर प्रस्ताव पेश गरेको कम्पनीलाई स्वीकृति दियो ।
यो प्रक्रियालाई छ पटकसम्म अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगले कागजात मगाएर हेर्ने काम गरेको छ । छ पटकसम्म कागजात हेर्दापनि आयोगले गलत भनेन । अदालतले समेत खरिद प्रक्रिया नरोक्न भनेपछि निगमले पहिलोपटक नेपालमा वाइडबडी जहाज भित्र्याएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved