नेपाल पर्यटन बोर्डको सदस्यमा पौडेल र धमला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2019 | 10:39:44 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन मन्त्रालयले पर्यटन बोर्डको सञ्चालक समितिमा दुई जना सदस्य नियुक्ति गरेको छ । मन्त्रीस्तरीय बैठकले पर्यटन व्यवसायी पम्फादेवी पौडेल धमला र विप्लव पौडेललाई तीन वर्षको लागि बोर्डको सञ्चालकमा नियुक्त गरेको हो ।

पौडेल होटल बाराही, बाराही जंगल लज, साराङकोट माउन्टेन रिसोर्ट एण्ड स्पाका कार्यकारी निर्देशक हुन् । पोखरा अल्ट्रालाइटका अध्यक्ष समेत रहेका उनले पुनेको सिमवायोसिस कलेजबाट पोष्ट ग्र्याजुएट गरेका छन् । नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टबाट डिप्लोमा गरेका उनी क्षेत्रीय होटल संघ पोखराका पुर्व अध्यक्ष र पर्यटन वर्ष २०११ का उपसंयोजक थिए । हाल उनी भ्रमण वर्ष २०२० उपसमितिका सदस्य पनि हुन् ।

अर्की सदस्य धमला लाङटाङ रि ट्रेकिङ एण्ड एक्सपिडिसनकी प्रवन्ध निर्देशक हुन । उनीसँग पर्यटन व्यवसायको २५ वर्षे अनुभव छ। एमविए उत्तीर्ण गरेकी धमला नेपाल पर्वतारोहण संघ, हिमालय रेस्क्यु एशोसिएसन, ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल, पाटा नेपाल च्याप्टर लगायत संस्थामा आवद्ध छिन् ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री मन्त्रालयले बोर्डको सदस्य सिफारिसका लागि सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा नाट्टाका अध्यक्ष सिएन पाण्डे र टानका अध्यक्ष नवराज दाहाल सदस्य रहेको छनौट समितिले तीन जनाको सिफारिस गरेको थियो ।

टुर एण्ड ट्राभलको तर्फबाट नाट्टाका पूर्व सचिव सुधिर उपाध्याय, होटल र उपत्यका बाहिरको प्रतिनिधिको विप्लव पौडेल र ट्रेकिङ क्षेत्रबाट पम्फा धमला सिफारिस भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved