पर्यटन उद्योगमा लगानी बढ्यो, व्यवसायी भन्छन्,‘हामी उत्साहित छौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2019 | 12:16:37 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय उद्योगमा लगानी भित्रिने क्रम बढेको छ । उद्योगको संख्यामा वृद्धि भएसँगै यसमा लगानी पनि बढेको हो । अन्य क्षेत्रका उद्योगकको तुलनामा नेपालमा पर्यटन क्षेत्रका उद्योगको संख्या निकै बढी छ । गतवर्षको तुलनामा पनि यसवर्ष पर्यटन क्षेत्रका उद्योगको संख्या बढेको छ । उद्योग सञ्चालनको लागी अनुमति माग गर्दै निवेदन दिनेमा पर्यटन क्षेत्रका मात्रै ८६ उद्योग छन् । गत वर्षको ६ महिनामा पर्यटन क्षेत्रमा ७७ उद्योगले सञ्चालनका लागि अनुमति लिएका थिए । यसवर्षको सोही अवधिमा ९ वटा बढी उद्योगले सञ्चालनको अनुमति माग गरेका छन् ।

गत आर्थिक वर्षको ६ महिनामा विदेशी लगानीका २६६ उद्योगले नेपालमा कामका लागि स्वीकृति पाएका थिए । तर यस वर्षको साही अवधिमा २९३ उद्योगले उद्योग सञ्चालनका लागि निवेदन दिएका छन् । यसले नेपालको पर्यटन क्षेत्रको भविष्य उज्वल देखाएको व्यवसायीको भनाई छ । पर्यटन क्षेत्रमा लगानी बढेको भन्दै व्यवसायीहरु उत्साहित भएका छन् ।

ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल सरकारले पर्यटनलाई महत्व दिएको र व्यवसायीलाई उत्साहित बनाउने काम गरेकाले लगानी बढेको बताउँछन् । अहिले भित्रिएको विदेशी लगानीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न सहयोग पुर्याउने उनको भनाई छ ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा)का महासचिव रमेश थापा पनि नेपालले स्थिर सरकार पाएको र नेपालमा पर्यटकीय महत्वका केन्द्र धेरै भएकाले यस्ता उद्योगमा लगानी बढेको बढाउँछन् । पर्यटन क्षेत्रमा बढेको लगानीले व्यवसायीलाई उत्साहित बनाएको उनले बताए ।

पर्यटन क्षेत्रमा चालू आर्थिक वर्षमा ६८ करोड ७७ लाख ३६ हजारको ८६ उद्योगका लागि लगानी भित्रिएको हो । उक्त रकम गत वर्षको भन्दा कम हो । गत वर्ष पर्यटन क्षेत्रमा मात्रै एक अर्ब १८ करोड ७४ लाख ४५ हजार बराबरको लगानी भित्रिएको थियो ।

गत वर्षको छ महिनामा पर्यटन उद्योगबाट तीन हजार २५ ले रोजगारी पाएको तथ्यांक छ । चालू आर्थिक वर्षमा उद्योगको सङ्ख्या धेरै भएपनि लगानी कम हुँदा दुई हजार ५०२ जनाले रोजगारी पाउने उद्योग विभागको आँकलन छ । विभागका सूचना अधिकारी जीवनराज सेढाईंका अनुसार पर्यटन क्षेत्रबाट यसवर्ष २५ सयबढीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved