बिदेशीको भन्दा नेपालीको घुमफिर खर्च धेरै, ७ महिनामा खर्चिए ५५ अर्ब

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 21, 2019 | 03:13:11 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी पर्यटकले नेपालमा आउँदा गर्ने खर्च बढेको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार विदेशी पर्यटकबाट ४१ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ आम्दानी भएको छ । यो चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांक हो । पछिल्लो तथ्यांकलाई आधार मान्दा नेपालले एक महिनामा पर्यटकबाट ५ अर्ब ९९ करोड ६३ लाख २७ हजार ५७२ रुपैयाँ आम्दानी गरेको छ ।

चालु आर्थिक वर्षमा पर्यटकबाट प्राप्त भएको रकम गतवर्षको यही अवधिको भन्दा ४ अर्ब १९ करोड ६३ लाखले बढी हो । गत आर्थिक वर्षको यो अवधिमा विदेशी पर्यटकबाट ३७ अर्ब ७७ करोड ८० लाख रुपैयाँ आम्दानी भएको थियो । 

विदेशीले नेपाल आएर गर्ने खर्च बढ्यो भन्दैमा खुशीयाली मनाउनुपर्ने अवस्था भने आइसकेको छैन । विदेशी पर्यटकबाट भएको आम्दानीभन्दा नेपालीले विदेशमा गएर गर्ने खर्चको अन्तर निकै फराकिलो छ । चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा नेपालीले विदेश घुमेरै ५४ अर्ब ९५ करोड ६४ लाख रुपैयाँ खर्चेका छन् । यो तथ्यांक गत आबको सोही अवधिको तुलनामा ११ अर्ब ६१ करोड ११ लाखले बढी हो । गतवर्षको सोही अवधिमा नेपालीले विदेशमा ४३ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ खर्च गरेका थिए । 

पछिल्लो सात महिनामा विदेशी पर्यटकमार्फत भएको आम्दानीभन्दा नेपालीले विदेश गएर गरेको खर्च १२ अर्ब ९८ करोड २१ लाख बढी छ । 

विदेशीबाट लिने आम्दानी सामान्य रुपमा बढ्दा नेपालीले विदेशमा गएर गर्ने खर्च अस्वभाविक रुपमा बढ्नु सामान्य विषय नभएको अर्थशास्त्रीहरु बताउँछन् । पर्यटकबाट मासिक पुगनपुग ६ अर्ब मात्रै आम्दानी भएको अवस्थामा नेपालीले विदेशमा गएर गर्ने खर्च ७ अर्ब नाघ्नु पर्यटन व्यवसाय पनि घाटाको उद्योगको रुपमा स्थापित हुने खतरा बढेको व्यवसायीहरुको तर्क छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved