३ बर्षमा पर्यटनको एउटा मात्रै योजना सफल, ३ वटा अधुरै

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 04, 2019 | 12:24:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी ५ वर्षमा वार्षीक ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १५ औं पञ्चवर्षीय योजनाको आधारपत्रको मस्यौंदामा वार्षीक ३५ लाख पर्यटक भित्र्याएर कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याइने उल्लेख छ । 

योजनाको मस्यौंदामा पर्यटकको बसाईँ अवधि लम्ब्याएर १५ दिन पुर्याउने र दैनिक १०० अमेरिकी डलर खर्च गर्ने वाताबरण बनाउने उल्लेख छ । पर्यटन उद्योगबाट आगामी वर्षमा ४ लाख ९० हजार रोजगारी सिर्जना गरिने महत्वकांक्षी योजना पनि समेटिएको छ । 

अहिले पर्यटनबाट कुल ग्राहस्थ उत्पादनमा २.६ प्रतिशत योगदान पुगेको छ । अहिले नेपाल आउने पर्यटकको औसत बसाईँ १३ दिन र दैनिक खर्च ५४ अमेरिकी डलर छ । चौधौँ योजनाको समाप्तिसम्म ३१ हजार रोजगारी सिर्जना भएको छ ।

चौधौँ योजनाले योजनाको अन्तिममा १२ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । योजनाको अवधि केही महिनामात्रै बाँकी रहँदा अन्तिम तथ्यांक हेर्दा ११ लाख ९२ हजार पर्यटक नेपाल आएका छन् । चौधौँ योजनामा बसाई अवधि १५ दिन पुर्याई दैनिक खर्च ६० अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको थियो । सो योजानले पर्यटन क्षेत्रबाट ४५ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको भएपनि ३१ हजार मात्रै सिर्जना भएको छ ।

पन्ध्रौँ योजनाले पर्यटकको दैनिक खर्च र रोजगारी सिर्जनालाई बढाउने लक्ष्य सहित मस्यौदा बनाएपनि पर्यटकको औसत बसाईको लक्ष्य भने पुरानैलाई निरन्तरता दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved