स्वयम्भूनाथ र हनुमान ढोकालाई पदमार्ग मार्फत जोड्दै काठमाडौँ महानगर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2019 | 05:23:49 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले दुई विश्व सम्पदा सूचीमा सुचिकृत क्षेत्रलाई जोड्ने गुरुयोजना तयार पारेको छ । २ हजार २ सय मिटरको दुरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भूनाथ र हनुमानढोका दरवार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्न महानगरले गुरु योजना तयार पारेको हो ।

विश्व सम्पदा दिवस-२०१९ को अवसर पारेर बिहीबार हनुमानढोका दरवार क्षेत्रमा उक्त सम्पदा पदयात्राको गुरुयोजना सार्वजनिक गरिने महानगरका सम्पदा तथा पर्यटन समिति संयोजक न्हुच्छेकाजी महर्जनले जानकारी दिए । 

सम्पदा पदयात्राले उक्त दुरीको क्षेत्रभित्र रहेका स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन गर्ने, स्थानीय जनताको आर्थिक विकासमा टेवा पुर्याउने, आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने र सम्पदाको प्राचीन महत्व लर मान्यताबारे जानकारी पनि दिनेछ । महानगर भित्रका मूर्त एवं अमूर्त सम्पदाहरूको पहिचान, पुस्तान्तरण तथा सम्बद्र्धनको कार्यमा पनि यो पदयात्राले सहयोग पुर्याउने विश्वास लिईएको छ । 

२ दशमबल २ किलोमिटर दुरीको सम्पदा पदयात्रा भित्रका करिब २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिने संयोजक महर्जनले जानकारी दिए ।

काठमाडौंको हनुमानढोका दरवार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा विभिन्न मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल आदि अवलोकन गर्न सकिनेछ । यी दुई सम्पदालाई जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक परम्पराहरूको अभिलेखीकरण, प्रवद्र्धन र संग्रह गरिने छ । यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिने महानगरको योजना छ । 

हनुमानढोकाबाट काष्ठमण्डप,  मरु गणेश,  मरु हिटी, सन्तानेश्वर महादेव ,  मरुबही, मिच्या गल्ली,  बन्जाः हिटी, साः (तेल मिल), चस्वांद्वँ, दमाइ टोल, सुन्ता गल्ली, पाछै गल्ली, नरदेवी द्यःछेँ, आयुर्वेदिक अस्पताल, सामुदायिक (लोकेश्वर) गल्ली, बुरांखेल, म्येछ्यों हिटी, तप्यँताँ, रञ्जित मल्ल सतः घाट, भेलु महादेव, डल्लु चौतारा, निपु हिटी (भीमसेन मन्दिर), धिमे ल्वहं, चारा हिटी, भुइखेल हुँदै स्वयम्भू जोडिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved