पर्यटन बोर्ड र ट्रेकिङ व्यवसायीबीचको विवाद चरमोत्कर्षमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 21, 2019 | 02:46:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डले पदयात्री सूचना प्रणाली (टिम्स) वापतको रकम संसदीय समितिको आदेश अनुसार रोक्का भएको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले ५ वर्ष अघि संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति र लेखा समितिले बेरुजु फर्छ्यौट नभई निकासा नदिन भनेपछि पदयात्रीमार्फत उठाईएको रकम रोकिएको जानकारी दिए । 

उनले ५ वर्षदेखीको बेरुजु के कति भनेर हिसाब निकाल्ने प्रयास गरेको दाबी पनि गरेका छन् । ‘म आएदेखी यो कामका लागी पहल गरिरहेको छु’ उनले भने, ‘म एक्लैले गरेर हुने काम होईन ।’ 

सिइओ जोशीले यो गाँठो फुकाउन आउने हप्ता पर्यटन मन्त्रालयका सचिव, ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का प्रतिनिधि र बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने सदस्यहरु सहित मिटिङ राख्ने बताए । उनले आफू बोर्डमा आएपछि एकपटक १ करोड ८८ लाख र अर्को पटक १ करोड २५ लाख पेश्की पास गराएर मृत्यु भएका पदयात्रा मजदूरका आफन्तलाई टानकै रोहबरमा वितरण गरिएको बताए । 

तर टानका अध्यक्ष नवराज दाहालले भने संसदबाट रोकिएको जानकारी आफूहरुलाई बोर्डले नदिएको बताएका छन् । उनले बोर्ड र टानको बेरुजु कति हो भनेर निकाल्न बोर्डले पहल गर्नुपर्ने बताए । बेरुजु व्यवस्थापनका लागी बोर्डका सदस्य कृष्ण अर्यालको संयोजकत्वमा उप-समिति बनेको थियो । यो समितिमा टानका अध्यक्षलाई सदस्य सचिव राखिएको थियो । दाहालका अनुसार अहिलेसम्म बैठक नै बसेको छैन । अहिले बोर्डका सदस्य एवम् समितिका संयोजक अर्यालको पदावधि सकिसकेको छ । त्यसपछि कुनै समिति बन्न सकेको छैन । 

टानका अध्यक्ष दाहालले बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व गरेर जाने व्यवसायीले आग्रह पूर्वाग्रह राखेर काम गरेका कारण समस्या बल्झिएको आरोप लगाए । बोर्डले चाहेको भए यो समस्या उहिल्यै सुल्झिसक्ने भन्दै उनले बोर्डले काम गर्न नसक्दा आफूहरुले दुख पाएको गुनासो गरे । 

विजपाटी डटकमले पर्यटन बोर्ड विरुद्ध मुद्दा हाल्ने टानको चेतावनी शीर्षकमा समाचार प्रकाशित गरेपछि बोर्डका सिइओ जोशीले एक हप्ताभित्र सम्बन्धित सबैसँग छलफल गरेर यो विषय टुङ्ग्याउने बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved