अहिलेसम्मकै धेरै आरोही सगरमाथा चढ्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 12:49:10 PM मा प्रकाशित

laxmi  sunrise bank

यसवर्ष अहिलेसम्मकै बढी आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । यसवर्ष मात्रै ३७५ जनाले सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागी सरकारबाट अनुमति लिएका छन् । यो सङ्ख्या अझै बढ्न सक्ने पर्यटन विभागको अनुमान छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार गतवर्ष ३७२ जनाले आरोहण अनुमति लिएका थिए । यसवर्ष आरोहण अनुमति लिएका आरोहीहरु पाँच नेपालीसहित ३८ टोलीमा आवद्ध छन् । 

विभागका सूचना अधिकारी सुरेन्द्र थापाका अनुसार यसवर्ष सगरमाथासँगै अन्य हिमालको आरोहण गर्नेहरुको संख्या पनि बढेको छ । यसवर्ष नेपालका करिब ३० वटा हिमाल आरोहणका लागि ८ सय आरोहीले स्वीकृति पाएका छन् । ल्होत्से, नुप्से, आमादब्लम र अन्य साना हिमाल आरोहणका लागि अनुमती लिनेको सङ्ख्या बढेको उनको भनाई छ । 

आमादब्लम हिमाल चढ्नका लागि ४९ आरोहीले अनुमति लिइसकेका छन् । अन्नपूर्ण प्रथम आरोहण गर्नका लागि २३ रकन्चनजङ्घा आरोहणका लागि ३२ आरोहीले अनुमति लिएका छन् । 

विभागले आरोहणको अनुगमन र व्यवस्थापन गर्न सगरमाथा क्षेत्रमा मात्रै ३३ जना अधिकृत खटाएको छ । यसरी खटिएका अधिकृतहरु आधार शिविरमा तैनाथ हुनुपर्छ । उनीहरुले आफ्नो कार्यक्षेत्र छोड्न पाउँदैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved