आठ नेपाली सगरमाथाको चुचुरोमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 02:27:58 PM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियान अन्तर्गत आठ जना नेपाली सगरमाथा चुचुरोमा पुगेका छन् । आधारशिविरमा रहेकी पर्यटन विभागकी सम्पर्क अधिकृत मिरा आचार्यका अनुसार यो टोली मंगलबार दिउँसो १ः४५ बजे सगरमाथाको चुचुरोमा पुगेको हो । 

टोलीमा लामाबगर दोलखाका सिद्ध बहादुर तामाङ, मकालु संखुवासभाका पासदावा शेर्पा, दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, साङबु भोटे, आङ फुर्वा शेर्पा थिए । त्यस्तै सोलुखुम्बुको खुम्जुङका दोर्जी ग्यालजेन शेर्पा र पासाङ दावा शेर्पा छन् । यी सबै काठमाडौंमा रहेको हिमालयन गाइड्स नामक एक्सपिडीसन कम्पनीमा आवद्ध हाई–अल्टिच्यूट गाइड हुन् ।

अन्य आरोहीहरुकालागि डोरीको सहायताले बाटो बनाउँदै यो टोली चुचुरोमा पुगेको हो । यो टोलीसँगै अब आरोहणकालागि बाटो खुला भएको छ । 

गाइड सिद्धबहादुर तामाङको नेतृत्वको टोलीले ६२ सय मिटर उचाइमा रहेको दोस्रो शिविरदेखि माथि डोरीले बाटो बनाउने जिम्मा लिएको थियो । ५२ सय मिटर उचाइमा रहेको आधारशिविदेखि दोस्रो क्याम्पसम्म अत्याधिक भर्याङ राख्नु पर्ने भएकाले त्यो खण्डको जिम्मा सगरमाथा पोलुसन कन्ट्रोल कमिटीले लिएको थियो ।

यस सिजनकालागि शुक्रबार चुचुरोमा बाटो बनाइसक्ने योजना थियो । तर, मौसमी बदलीका कारण नेपाली टोली ५ दिन ढिलो मात्रै बनाईसकेको हो । यो टोली १३ दिनअघि ८ हजार मिटर उचाइमा पर्ने साउथकोलसम्म बाटो बनाउँदै पुगेको थियो ।

यसबैबीच आज बिहान नै यस सिजनको पहिलो नेपाली टोली पनि संसारकै चौथो अग्लो हिमाल ल्होत्सेमा बाटो बनाउँदै पुगेको थियो । साउथकोलबाटै ल्होत्से सगरमाथा उक्लिने बाटो छुट्टिन्टछ ।

यसपटक सगरमाथा आरोहणकालागि ३ सय ७७ जनाले अनुमति लिएका छन् । नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार गाइड, भरिया, कुल्ली, किचन, हेल्पर, सम्पर्क अधिकृतसहित करिब १५ सयको हाराहारिमा विदेशी तथा नेपाली आधारशिविरमा पुगेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved