‘सरकारले आफ्नै खुट्टामा बञ्चरो हान्यो’

निरोज कुमार थापा

निरोज कुमार थापा

May 14, 2019 | 06:04:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल आउने पर्यटकको भिसा शुल्क वृद्धि गरेको छ । वैशाख २६ गते मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दा १५ दिन नेपाल बस्ने पर्यटकले भिसा शुल्क वापत ३० डलर तिर्नुपर्ने भएको छ । यसअघि २५ डलर कायम रहेको शुल्क बढेको हो । 

३० दिन नेपाल बसाईको भिसा शुल्क पर्यटकले ५० डलर तिर्नुपर्ने भएको छ । यस ३० दिनको लागि ४० डलर कायम थियो । यसअघि सय डलरमा ९० दिन नेपाल बसाईको भिसा पाउँदै आएका पर्यटकले अब ९० दिन बसाइका लागि १ सय २५ डलर तिर्नुपर्ने भएको छ । पर्यटकको म्याद थपमा पनि प्रतिदिनको एक डलर बढाएर तीन डलर पुर्याईएको छ । 

सरकारले भिसा शुल्क बढाएपछि भ्रमण वर्षभरि भिसा शुल्क घटाउने वा निःशुल्क गराउन माग गरिरहेका व्यवसायी भने अन्यौलनमा देखिएका छन् । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमणका रुपमा मनाउने घोषणा गरेको सरकारले भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन शुल्क बढाउनु भ्रमण वर्ष असफल बनाउने नियत भएको व्यवसायीको बुझाई छ । पवित्र भावनाले सरकारले काम नगरेको उनीहरुको आरोप छ । 

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सी.एन. पाण्डेले सरकार पर्यटन एदोगप्रति संवेदनशील नभएको बताए  । २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर भ्रमण वर्ष मनाउने भनिरहेका बेला पर्यटकलाई छुट र अफर दिनुपर्नेमा उल्टै भिसा शुल्क बढाउनु गलत कदम भएको उनको भनाई छ । 

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले भिसा शुल्क बढाउने निर्णय गरेर सरकारले आफ्नै गोडामा बञ्चरो प्रहार गरेको प्रतिक्रिया दिएका छन् ।  ‘पर्यटन क्षेत्रको हित नचाहनेहरुको सुझावलाई लिएर सरकारले यो काम गरिरहेको छ,’ दाहालले भने, ‘प्रधानमन्त्री र पर्यटन सचिव स्वदेश फकैपछि हामी पर्यटनसम्वद्ध व्यवसायी साथीहरु मिलेर डेलिगेसनमा जान्छौं ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved