चार महिनामा चार लाख बढी पर्यटक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 06:55:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१९ को चार महिनामा नै साढे ४ लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि अप्रिलसम्म नेपालमा ४ लाख ४५ हजार १०९ जना पर्यटक घुम्न आएका छन् । यो संख्या सन् २०१८ को यो अवधिको तुलनामा १५ दशमलव ३० प्रतिशतले बढी हो । 

सन् २०१८ को पहिलो चार महिनामा नेपालमा ३ लाख ८६ हजार ३० जना पर्यटक नेपाल आएका थिए । यो वर्षको पहिलो चार महिनामा एसिया क्षेत्रबाट नेपाल घुम्न आउने पर्यटक २२ प्रतिशतले बढेका छन् । एसियाबाट पछिल्लो चार महिनामा १ लाख ४० हजार ९ सय ६० पर्यटक आएका छन् । गत  वर्षको यसै अवधिमा एसियाली देशबाट नेपालमा १ लाख १४ हजार पर्यटक आएका थिए । 

यस्तै युरोपबाट आउने पर्यटक २ दशमलव ७३ प्रतिशतले बढेका छन् ।  गएको वर्षको पहिलो चार महिनामा ८२ हजार ७ सय ७० पर्यटक नेपाल आएकोमा यो वर्ष ८५ हजार २७ जना पर्यटक नेपाल आएका छन् । 

यस्तै अमेरिकी क्षेत्रबाट नेपाल आउने पर्यटक ११ दशमलव १२ प्रतिशतले बढेका छन्, पोहोर चार महिनामा ३५ हजार ९ सय १६ जना पर्यटक नेपाल आएकोमा यो वर्ष ३९ हजार ९ सय १० जना पर्यटक नेपाल आएका छन् ।

यस्तै अन्य क्षेत्रबाट आउने पर्यटक १९ प्रतिशतले बढेर ६७ हजार ६ सय ४४ पुगेका छन् ।

४ महिनाको अवधीमा चाइनिज ताइपेइबाट आउने पर्यटक झण्डै ७० प्रतिशतले बढेका छन् भने बंगलादेशबाट आउने पर्यटक ३३ प्रतिशतले घटेका छन् नेपाल पर्यटन बोर्डले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved