‘बन्दमा पर्यटकको सुरक्षा हाम्रो चासोको विषय होईन’

निरोज कुमार थापा

निरोज कुमार थापा

May 27, 2019 | 10:02:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको असर पर्यटन क्षेत्रमा धेरै परेको छ । बन्दका कारण सवारी साधन आवतजावत नहुँदा सगरमाथा आधारशिविरमा जाने र फर्कने पर्यटक रामेछापको मन्थली लगायतका क्षेत्रमा अलपत्र परेका छन् । 

केही व्यवसायीले अलपत्र परेका पर्यटकलाई यातायातको व्यवस्था भईदिए हुन्थ्यो अपेक्षा गरिरहेपनि ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) का महासचिव आङपेम्बा शेर्पाले बन्दको हल्ला चल्नासाथ सम्बन्धित एजेन्सीले पर्यटक उठाउनुपर्ने बताउँछन् । 

‘एजेन्सीले पैसा लिएको हुन्छ, उसले व्यवसायलाई असर पर्न नदिन बन्दको हल्ला सुनेपछि पर्यटक उठाउनुपथ्र्यो’ शेर्पाले भने, ‘सरकारले बन्द गरेको होईन, सरकारलाई दोष दिने ठाउँ छैन ।’ यद्यपी उनले विप्लब माओवादीसँग सरकारले वार्तामार्फत समस्या समाधान नगरे नेपाल भ्रमण वर्ष २०२० प्रभावित हुने बताए । 

पर्यटक अलपत्र परेको विषयमा सरकारले कुनै चासो नदिएको आरोप लागिरहेका बेला सरकारी अधिकारीले नै पर्यटक अलपल परेको विषय आफूहरुको चासोको विषय नभएको प्रतिक्रिया दिएका छन् । पर्यटन विभागले नै सम्बन्धित एजेन्सीले जिम्मा लिएको हुँदा बन्दको समयमा पर्न सक्ने असरमा आफूहरुको दायित्व नभएको बताएको छ । विभागका निर्देशक सुरेन्द्र थापाले बन्दको प्रभाव भएपनि पर्यटक कतै अलपत्र परेको जानकारी विभागमा नआएको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved