आगामी आर्थिक वर्षमा पर्यटन मन्त्रालयले कति बजेट पाउला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 03:19:56 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले २१ अर्ब ४१ करोड ३५ लाख रुपैयाँको बजेट पाउने भएको छ । राष्ट्रिय योजना आयोगले पर्यटन मन्त्रालयलाई १ खर्ब ८८ करोड १५ लाख पुँजीगत खर्च, ३ अर्ब ३ करोड ४८ लाख चालु खर्च र १६ अर्ब ४८ करोड वित्तिय खर्चको सिलिङ दिएको छ । 

बिमानस्थल निर्माणको काम  नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्ने भएकाले यसवर्ष पर्यटन मन्त्रालयमा धेरै बजेट आउने भएको हो । 

आगामी आर्थिक वर्षदेखि निजगढ अन्तराष्ट्रिय विमानस्थलको कामलाई तिब्र रुपमा अघि बढाउन बजेट मार्फत ९० करोड रुपैयाँ विनियोजन हुने भएको छ । करिब सात खर्ब लागत अनुमान गरिएको यो आयोजनाका लागि अर्थले यसवर्ष यति बजेट छुट्याउन लागेको हो । 

पहाडी जिल्लामा कम्तीमा एक जिल्ला एक विमानस्थलको अवधारण अनुसार बजेटले अध्ययनको लागि अवश्यक रकम व्यवस्थापन गर्ने बुझिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved