‘२० लाख पर्यटक भित्र्याउन सक्ने बजेट आएन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 12:55:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पर्यटन क्षेत्रमा बजेट घटाएपछि व्यवसायीले नेपाल भ्रमण वर्ष प्रभावित हुन सक्ने आकलन गरेका छन् । चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रमा ५ अर्ब २० करोड बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि सरकारले २ अर्ब ६८ करोड मात्रै छुट्याएको छ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले आगामी आर्थिक वर्षका लागि पर्यटनमा भनेर सरकारले विनियोजन गरेको बजेट कुन कुन शीर्षकमा खर्च गर्ने भन्ने यकिन नभएको बताए । उनले सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण लक्षित बजेट नआउनुले सरकार पर्यटन उद्योगप्रति अनुदार भएको प्रष्ट हुने बताए । उनले बजेटले भ्रमण वर्ष कागजमै सिमित बनाउन खोजेको आरोप लगाए । उनले सरकारले बजेट र कार्यक्रममार्फन नै पर्यटन क्षेत्रलाई उपेक्षा गर्दा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना अलपत्र पर्ने उनको दाबी छ ।

बजेटले पर्यटन उद्योगलाई हेलचक्र्याई गरेको भन्दै लामाले पर्यटन सम्वद्ध नीजि क्षेत्रको मनोबल घटेको दुखेसो गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved