पर्यटनमा बजेट छुट्याउँदा विज्ञको सुझाव लत्याइयोः प्रचण्डमान श्रेष्ठ

निरोज कुमार थापा

निरोज कुमार थापा

May 31, 2019 | 08:21:26 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन क्षेत्रमा बजेट छुट्याउने गृहकार्य गर्दा विज्ञले दिएको सुझाव सरकारले नमानी बजेट ल्याएको छ । नेपाल भ्रमण वर्ष २०२० मनाउन विज्ञहरुले देश नै तोकेर कार्यक्रम गर्नेगरी बजेट विनियोजन गर्न सुझाव दिएपनि सरकारले यसको लागि बजेट छुट्याएको छैन । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएपनि बजेटमा कुनै कार्यक्रम आएको छैन । 

संघियता कार्यान्वयनको चरणमा रहेको अवस्थामा ७ वटै प्रदेशमा पर्यटन बोर्ड गठन गर्न विज्ञले दिएको सुझाव पनि बजेटले समेट्न सकेन । पर्यटनविद् प्रचण्डमान श्रेष्ठले संघियताको कार्यान्वयन गर्न सबै निकाय संघिय मर्मअनुरुप विकेन्द्रिकरण गर्ने गरी बजेट ल्याउन आफूहरुले दिएको सुझाव सरकारले नमानेको बताए । स्रोतको बाडफाड, वित्त व्यवस्थापन, जनशक्ति परिचालन लगायतका लागि पर्यटन बोर्ड सातै प्रदेशमा हुनुपर्ने भएपनि सरकारले यो व्यवस्था नगरेको उनको भनाई छ । अहिले पर्यटन बोर्ड काठमाडौँ र पोखरामा मात्रै छ ।

त्यस्तै भैरहवा विमानस्थलका सम्बन्धमा पनि विज्ञको सुझाव सरकारले मानेको छैन । ‘एयर रुटका विषयमा कुरा आएपनि भारतसँगको सिमानामा पर्ने भएकाले भैरहवा विमानस्थलमा जहाज होल्ड भयो भने सिमा पारी पुर्याएर घुमाउनुपर्ने बाध्यता हुन्छ’ श्रेष्ठले भने, ‘यसका लागि भारतसँग केवल हवाई रुटको मात्रै होईन, होल्ड भयो भने तिम्रो आकाश प्रयोग गर्न देउ भनेर सम्झौता गर्नुपर्ने हुन्छ, तर बजेटमा यो व्यवस्था आएन ।’ उडनका लागि रुट दिएर मात्रै नहुने भन्दै पर्यटनविद् श्रेष्ठले आकाशमा निर्वाध प्रवेश नभए कुनै पनि एयरलाईन्सले उडान नभर्ने सम्भावना रहेको बताए ।

आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले पर्यटन क्षेत्रमा २ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेको छ । जुन चालु आर्थिक वर्षको बजेटभन्दा झण्डै २ अर्ब ५२ करोडले कम हो । बुधबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा आगामि वर्षमा हवाई क्षेत्रका लागि १५ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । चालु आर्थिक वर्षमा हवाई क्षेत्रमा १९ अर्ब ३५ करोड विनियोजन भएको थियो ।

यसअघिः 

बजेट बनाउने कमिटिमा पर्यटन बुझेका मान्छे भएनन्ः शेर्पा


‘२० लाख पर्यटक भित्र्याउन सक्ने बजेट आएन’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved