हिमालयन ट्राभल मार्ट जेठ २३ देखि, विदेशी व्यापारी र ग्राहकले भरिदै नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 12:23:57 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जेठ २३ देखि २६ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । नेपाललाई साहसिक पर्यटनको केन्द्र र हिमालय प्रवेशद्धारको रुपमा चिनाउने उदेश्यले २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले यो मार्टको आयोजना गर्दै आइरहको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रियले पनि मार्टमा सहयोग गर्दै आएका छन् । पर्यटन बोर्डमा सोमबार पत्रकार सम्मेलन गर्दै पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट ब्राण्डिङ्ग हुँदै आइरहको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय मेलाका रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटनलाई विश्व सामु चिनाउने काम गरेको बताए । जोशीले नेपाल भ्रमण वर्षकोे सङ्घारमा आयोजना हुन लागेको मार्टले भ्रमण सफल बनाउन पनि सहयोग गर्ने बताए । 

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले मार्टमा नेपाल, भारत, पाकिस्तान, तिब्वत (चीन) र भुटान लगायत हिमालयन राष्ट्रहरुका ५४ विक्रेताहरु तथा युरोप, अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याड, रसिया तथा एशिया र अरब लगायतका ३० देशबाट क्रेताहरुको सहभागता रहने बताए । मार्टमा ३८ जना अन्तराष्ट्रिय ट्राभल ब्लगर्ससहित ४१ देशका सात सय प्रतिनिधि सहभागि हुने अपेक्षा गरिएको छ । 

६ करोड लागत अनुमान गरिएको मार्टमा पर्यटन बोर्डले २ करोड छुट्याएको छ । बाँकी रकम नीजि क्षेत्रले नै बेहोर्ने गरी तयारी अन्तिम चरणमा पुगेको सिइओ बुडालको भनाई छ । 

यस अघि सन् २०१७ मा भएको मार्टमा ५३ देशका सय २५ प्रतिनिधिहरु र सन् २०१८ मा सम्पन्न भएको मेलामा ३६ देशका १ सय ७० प्रतिनिधिहरुको सहभागिता थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved