पर्यटन उद्योगबाट झण्डै ७० अर्ब आम्दानी, मन्त्रालय भन्छ, ‘यो औसत मात्रै हो’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 17, 2019 | 10:55:40 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन उद्योगबाट आर्थिक वर्ष २०७५/७६ मा ६९ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ आम्दानी भएको छ । गत वर्षको तुलनामा यो आम्दानी १७ प्रतिशतले बढी हो । गत वर्षको यो अवधिमा पर्यटन क्षेत्रबाट सरकारले कुल ५८ अर्ब ५२ करोड ६९ लाख आम्दानी गरेको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिजम स्ट्याटिस्टिक्स–२०१८’ का प्रत्येक वर्ष पर्यटनबाट हुने आम्दानी बढिरहेको छ । 

सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो तथ्यांक २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी हो । पछिल्लो रिपोर्ट अनुसार नेपालमा पर्यटकको औसत बसाई अवधि १२.४ दिन छ । 

कुन देशबाट कति पर्यटक ? 

विगत वर्षमा जसतै नेपाल भित्रिले पर्यटकको धेरै हिस्सा भारतले ओगटेको छ । धेरै पर्यटक आउने पाँच देशमा भारत पहिलो र चीन दोस्रो स्थानमा छन् । भारतबाट सन् २०१८ मा १ लाख ९४ हजार ३२३ र चीनबाट १ लाख ५३ हजार ६३३ पर्यटक नेपाल आएका थिए । तेस्रे धेरै पर्यटक नेपाल भित्रिने मूलुक अमेरिका हो । सन् २०१८ मा अमेरिकाबाट ९१ हजार ८९५, चौथो स्थानको बेलायतबाट ६३ हजार ४६६ र पाँचौ स्थानमा रहेको श्रीलंकाबाट ६९ हजार ६४० पर्यटक नेपाल आएका थिए ।

नेपाल आउने पर्यटकको दैनिक अर्च गराई औसत ४४ डलर छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार पर्यटकबाट धेरैभन्दा धेरै आम्दानी लिनका लागि अनलाइन भूक्तानी/डिजिटल भूक्तानीको नीतिगत व्यवस्था आवश्यक छ । उनले डिजिटल पेमेन्ट सिस्टम नहुँदा पर्यटकले गर्ने खर्च बढ्न नसकेको बताए । उनले पर्यटनबाट भएको आम्दानी औसत मात्रै भएको बताए ।

पर्यटनमा सरकारको प्रयास 

मन्त्रालयका प्रवक्ता उपाध्यायका अनुसार सरकारले प्रत्येक जिल्लामा कम्तीमा एउटा पर्यटकीय गन्तव्य पहिचान र त्यसलाई विकास गर्न १०० वटा नयाँ गन्तव्यको पहिचान गरेको छ । गत आर्थिक वर्ष २०७५/७६ प्रत्येक गन्तव्यका लागि ५०/५० लाख रुपैयाँ बजेट समेत गईसकेको छ । बुधबारबाट सुरु भएको नयाँ आर्थिक वर्षमा पनि सरकारले प्रति गन्तव्य ५० लाख नै दिने भनिसकेको छ । 

सरकारले आर्थिक वर्ष २०७५/७६ मा ६८ किलोमीटर नयाँ पदमार्ग निर्माण गरेको जनाएको छ । सिन्धुपाल्चोकको हेलम्बू क्षेत्रमा १०, रसुवाको लाङटाङमा २०, संखुवासभाको मकालु बरुणमा ८ र रामेछापको लखनपुरमा १०, रुकुममा गुरिल्ला ट्रेल २० र यार्सा ट्रेल १० किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved