जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट, विमानस्थलमा 'सम्माननीय' को सवारीलाई मात्र अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 02:37:24 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यो घोषणा गरेका हुन्। 

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले सम्माननीय भनेर सम्बोधन गरिन्छ।

त्यस्तै मन्त्री भट्टराईले नेपालको उड्ययन क्षेत्रलाई चालु आर्थिक वर्षभित्र युरोपिएन युनियनको कालोसूचीबाट हटाउने बताएका छन् । वर्षदिन भित्र आफूले गर्ने कामको योजना सार्वजनिक गर्दै मन्त्री भट्टराईले इयुको कालोसूचीबाट हट्न उनीहरुले तोकेका मापदण्ड पूरा गर्न तयार रहेको  बताए । 

वार्षिक कार्ययोजना प्रस्तुत गर्दै उनले नेपाल वायु सेवा निगमलाई सार्वजनिक कम्पनी बनाउने समेत बताए । उनले पर्यटन क्षेत्र सुधारका लागि नितीगत व्यवस्था समेत सुधार गरिने बताए । काठमाडौँमा रात्रीकालिन सम्पदा पदयात्रा सुरु गर्ने, तिलौराकोट र पाथिभरलाई विश्वसम्पदा सूचीमा सुचिकृत गराउन पहल सुरु गर्ने र सन् २०१९ को डिसेम्बरमा संसारभरका पर्यटनमन्त्रीको भेला काठमाडौँमा गरिने बताए । 

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण २०२० को सुरुवाता २०२० को जनवरी १ मा संसारभरका मन्त्रीको उपस्थितीमा गरिने मन्त्रीले महत्कांक्षी योजना सुनाए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved