‘फेक रेस्क्यु’ प्रकरणमा संसदीय समितिको चासो, मन्त्रालयबाट झिकायो ५ वर्षअघिका उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 02:48:19 PM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकलाई बिरामी बनाई फर्जी उद्धार (फेक रेस्क्यु) को सम्बन्धमा संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ५ वर्ष यताका फेक रेस्क्यु सम्बन्धी उजुरी सहितका कागजात बुझाउन पत्राचार गरेको छ । समितिका सचिव डा. रोजनाथ पाण्डेका अनुसार समितिले १ साता अघि नै मन्त्रालयलाई पत्राचार गरिसकेको छ । 

समितिले कागजात आईसकेको र थप अध्ययन गरेर सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने बताएको छ । 

फेक रेस्क्युको विषयमा अन्तराष्ट्रिय सञ्चार माध्यममा नेपालको पर्वतीय पर्यटन असुरक्षित रहेको भन्दै प्रचार भएपछि संसदीय समितिले चासो देखाएको हो । फेक रेस्क्यु प्रकरणमा हेलिकोप्टर व्यवसायी, ट्राभल एजेन्सी तथा अस्पतालहरुको संलग्नता भेटिएको प्रतिवेदन गत सार्वजनिक भईसकेको छ ।

यसरी फर्जी उद्धार गर्ने कम्पनी र अस्पतालहरुमाथि छानविन गर्न मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा ५ सदस्यीय समिति बनेको थियो । उक्त समितिले तत्कालीन मन्त्री रवीन्द्र अधिकारीलाई यसबारे प्रतिवेदन बुझाएको थियो । 

समितिले छानविन गर्दा ३ वटा हेलिकोप्टर व्यवसायी, ५ वटा वैदेशिक मुद्राको कारोवार गर्ने कम्पनी र १० वटा अस्पतालको संलग्नता भेटिएको थियो । यसबारे अब सार्वजनिक लेखा समितिले समेत थप अनुसन्धान गर्ने भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved