कसले मार्ला बाजी: टानमा अध्यक्षका लागि त्रिपक्षीय रोचक भिडन्त पक्का

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 01, 2019 | 07:23:07 AM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) को साधारण सभा नजिकिएसँगै नेतृत्वको रस्साकस्सी सुरु भएको छ । साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन तातेका छन् । हालसम्मको माहोल हेर्दा नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने लगभग निश्चित भएको छ ।

को को बन्दैछन् अध्यक्षका उम्मेद्वार ? 

भदौ १६ गते उम्मेद्वारको मनोनयन हुँदैछ । टानको नेतृत्व लिन हालको कार्यसमितिका बरिष्ठ उपाध्यक्ष खुम सुवेदी, कुमार थापा र कामीरेञ्जी शेर्पा मैदानमा छन। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यवसायीले कुमार थापालाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेका छन् । नेकपा निकट तीन वटै पर्यटन व्यवसायी सम्वद्ध संगठनका प्रतिनिधि रहेको १५ सदस्यीय कार्यदलले थापालाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो।

आठ वर्ष अघि टानको कोषध्यक्ष भइसकेका कुमार थापा यसवर्ष अध्यक्षका मुख्य प्रत्यासी हुन् । राजनीतिमा समय कम मात्रै दिने उनी राजनीतिक विचारमार्फत व्यवसायीक क्षमता आर्जन गरेको मान्छेले टानको नेतृत्व लिनुपर्छ भन्ने विचार व्यक्त गर्छन् । यसवर्ष उनलाई नेकपा निकट व्यवसायीको साथ छ । 

उम्मेद्वारको रस्साकस्सी चलिरहँदा कामीरेन्जी शेर्पा टानको नेतृत्वका लागि आफू नै उपयुक्त पात्र भएको दाबी गर्छन् । व्यवसायी संगठनभित्र राजनीतिक स्वार्थ हावी भएको स्वीकार गर्दै उनले ४२ वर्षदेखी आफू यही क्षेत्रमा क्रियाशिल रहेकाले टानको नेतृत्वका लागि आफू उपयुक्त पात्र भएको बताए । उनी समाजवादी पार्टी निकट हुन् । 

टानको वर्तमान कार्यसममितिको बरिष्ठ उपाध्यक्ष रहेका खुम सुवेदी पनि टानको नेतृत्वका लागि बलिया दाबेदार हुन् । उनले करिब २ महिना अघि नै विज्ञप्ति जारी गरी उम्मेद्वारी घोषणा गरेका हुन। उनले माउन्टेन टुरिजममा आफ्नो २६ वर्ष लामो अनुभव भएको र पर्वतीय पर्यटन मार्फत मूलुक समृद्ध बन्छ भन्ने सपना देखेको कारण आफू अध्यक्ष बन्नुपर्ने दाबी गरेका छन। टानको ‘क्याप्टेन’ बनेर संगठनलाई ‘डाइरेक्सन’ दिन आफूले उम्मेद्वारी दिएको उनको भनाई छ । 

सुवेदी नेपाली काङ्ग्रेस निकट पर्यटन व्यवसायीका साझा उम्मेद्वार हुन् ।

कति सदस्यले गरे सदस्यता नविकरण ?

टानमा हाल १८ सय सदस्य रहेको भनिन्छ तर टानको वर्तमान कार्यसमितिले १६ सय मात्रै रहेको बताएको छ । भदौ १३ गते साँझ ५ बजेसम्म सदस्यता नविकरणको समय रहेकोमा उक्त समयसम्म १ हजार ३१४ सदस्यले आफ्नो सदस्यता नविकरण गरेका छन। 

टानका मिडिया संयोजक गोपाल श्रेष्ठले दाबी विरोधपश्चात अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved