लुक्लामा सयौ पर्यटक अलपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 07:31:32 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमण सकेर काठमाडौं फर्कने तयारीमा रहेका ३ सयभन्दा धेरै विदेशी पर्यटक लुक्लामै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिएका छन् । 

शुक्रबारदेखि देशैभरको मौसममा प्रतिकुलता देखिएको छ । यसको असर पर्यटकमा परेको छ । शुक्रबार लुक्लाबाट २० वटा उडान तालिका भए पनि कुनै उडान हुन सकेनन् । 

शनिबारका लागि २५ वटा उडान तालिका तोकिएको थियो । तर जम्मा ५ उडान मात्रै भएको थियो । पर्यटकको चाप बढेपछि आइतबारका लागि ५ उडान थप गर्दै उडान संख्या ३० पुर्याइएको थियो । तर एउटा पनि उडान हुन सकेन । आइतबार तारा एयरको १५, सीताको १० र समिटले ५ उडान भर्ने तालिका थियो ।

हवाई यात्राको बिकल्प नहुँदा पर्यटकलाई सास्ती भएको स्थानीय सरकारले स्वीकार गरेको छ । लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलबाट ३ दिनदेखि हेलिकप्टर समेत उडान भर्न सकेको छैन । अत्याधिक बाक्लो हुस्सु लागेको कारण उडानमा अवरोध आएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved