आरोहीसँग हिमाल जाने सम्पर्क अधिकृतलाई पहिलोपटक तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 01:10:04 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल आरोहणको सिजनमा आरोहीलाई लिएर जाने सरकारी सम्पर्क अधिकृतलाई तालिम दिईने भएको छ । लियाजो अफिसर भनिने कर्मचारीहरुलाई सरकारले पहिलोपटक तालिम दिन लागेको हो । बसन्त ऋतुको हिमाल आरोहणका क्रममा अटिएका सम्पर्क अधिकृत फिल्डमा नभेटिएको आलोचना भएपछि सरकारले तालिम नै दिने भएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्पर्क अधिकृतका रुपमा हिमाल जाने कर्मचारीलाई तालिम कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रतिष्ठानले तालिम सञ्चालन गर्ने छन् । असोज ५ गते आइतरबाटै नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानबाट तालीम सञ्चालन हुनेछ । 

तालिममा राजपत्र अनङ्कित प्रथम श्रेणीदेखि राजपत्राङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीले भाग लिने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved