पर्यटन दिवसमा ३ नयाँ गन्तव्य घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 10:46:14 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन दिवसको अवसरमा तीन नयाँ पर्यटकीय गन्तव्य घोषणा गरिएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)को सिफारिसमा नयाँ गन्तव्य घोषणा गरिएको हो । धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ, बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सालाई नयाँ गन्तव्यमा घोषणा गरिएको हो । 

विश्व पर्यटन दिवसका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले तीन वटै गन्तब्यका प्रतिनिधिलाई शुक्रबार नयाँ गन्तब्यको प्रमाणपत्र प्रदान गरे । ‘टुरिज्म एण्ड जब–ए बेटर फ्युचर फर अल’ भन्ने नारासहित विश्वभर आज पर्यटन दिवस मनाइदैछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved