घट्यो पर्यटक आगमन वृद्धिदर, कुन देशबाट कति भित्रिए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 11:24:44 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी पर्यटकको आगमन वृद्धिदर घटेको छ । अध्यागमन विभागमार्फत नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो ८ महिनामा नेपाल आउने पर्यटकको वृद्धिदर ९ प्रतिशतमा झरेको हो । यो अवधिमा पर्यटक आगमन वृद्धिदर गत वर्ष सन् २०१८ मा २५ प्रतिशत थियो ।

सन् २०१९ को जनवरीदेखि अगस्टसम्म ७ लाख ४२ हजार ६ सय जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०१७ को तुलनामा सन् २०१८ मा २५ प्रतिशतले पर्यटक बढेका थिए ।

सन् २०१९ को चालु ८ महिनाको अवधिमा हवाईमार्गबाट ६ लाख १९ हजार ७६५ र स्थलमार्गबाट १ लाख २२ हजार ८३८ पर्यटक भित्रिएका छन् । 

चालु वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् । यसवर्षको हालसम्म १ लाख ४२ हजार २८६ भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । सार्क मूलुकबाट यो वर्षको हालसम्म २ लाख ४ हजार १९२ पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको यही अवधिको तुलनामा ६.२ प्रतिशतले बढी हो ।

चीनबाट हालसम्म १ लाख ६ हजार ५० पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटक भने गतवर्षको यही अवधिको तुलनामा ९.८ प्रतिशतले बढेका छन् । यवर्षको हालसम्म ३५ हजार १० जना थाइल्याण्ड र १९ हजार २४४ जना जापानी पर्यटक नेपाल आएका छन् । 

चालु वर्षको हालसम्म यूरोपीयन राष्ट्रहरुबाट १ लाख ३६ हजार १९८ जना पर्यटक नेपाल आएका छन् । यो तथ्यांक गत वर्षको तुलनामा ३.२ प्रतिशतले बढी हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved