बढे नेपाल घुम्ने पर्यटक, कति बढ्यो आम्दानी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 12, 2019 | 05:32:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१९ को हालसम्म ९ लाख ७५ हजार ५५७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । चालु वर्षको हालसम्म आएका पर्यटकमध्ये ८ लाख २० हजार ४९९ जना हवाई मार्ग र १ लाख ५५ हजार ५८ जना स्थलमार्गबाट नेपाल आएका छन् । सन् २०१९ को अक्टुबर महिनामा नेपाल आउने पर्यटक गतवर्ष यही महिनाको तुलनामा १० प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । 

यसवर्ष अन्य देशको तुलनामा चीनबाट नेपाल आउने पर्यटकको संख्या बढेको छ । चालु वर्षको हालसम्म चीनबाट १ लाख ३४ हजार २८१ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । तर पर्यटन क्षेत्रका जानकार भने चालु वर्ष स्ंख्या मात्रै बढाउने काम भएको भन्दै रुष्ट देखिएका छन् । सरकारले पर्यटकको संख्या बढाउने चक्करमा गुणस्तरीय पर्यटकको आगमन गुमाएको पर्यटनविद् प्रचण्डमान श्रेष्ठ बताउँछन् । 

चिनियाँ पर्यटकबाट आम्दानी खै ?

सबैजसो देशबाट नेपाल भित्रिने पर्यटकको संख्या बढेपनि विगत वर्षमा भन्दा चालु वर्ष पर्यटनबाट हुने आम्दानी भने शन्तोषजनक नरहेको सरोकारवालाको भनाई छ । सार्क राष्ट्रबाट नेपाल आउने पर्यटक ७ प्रतिशतले बढ्दा चीनबाट नेपाल आउने पर्यटक ११.१ प्रतिशतले बढेका छन् । चीनियाँ राष्ट्रपति सी चिङ फिङको नेपाल भ्रमणपछि नेपालको भ्रमण गर्ने चीनियाँ नागरिकको संख्या बढेको सरकारको अनुमान छ । 

तर चीनियाँ नागरिकले नेपाल भ्रमण गरेपनि निकै सस्तो दरको भ्रमण हुने गरेको पर्यटन क्षेत्रका विज्ञहरु बताउँछन् । चीनियाँ नागरिकलाई नेपाल भ्रमणको भिषा निशुल्क गरिएको छ । यसले गर्दा सुरुमा हुने आम्दानी नै गुमेको व्यवसायीको बुझाई छ । भिषा वापत हुने आम्दानी कुनै व्यवसायीकोमा नगई सिँधै राज्यलाई जाने रकम भएपनि चीनियाँ नागरिकको लागि भने भिषा नै निशुल्क हुँदा पहिलो आम्दानी गुम्न पुगेको व्यवसायीको बुझाई छ । एक जना पर्यटन व्यवसायी सरकारले चीनियाँ नागरिकलाई भिषा शुल्क मिनाहा गर्दा संख्या बढेपनि गुणस्तरीय पर्यटक भने नभित्रिएको बताउँछन् ।

चिनियाँ पर्यटक नेपाल आएपनि उनीहरुले यहाँ गर्ने खर्च उतैबाट भूक्तानी गरेर आउने गरेका छन् । नेपालमा खान बस्न लाग्ने खर्चको भूक्तानी उतैबाट गरेर आउने भएका कारण नेपाललाई केवल होटलले बुझाउने राजश्व मात्रै आम्दानी हुने होटल व्यवसायीको अनुभव छ । तर चीनियाँ पर्यटक भित्र्याउने नाममा सरकारले चीनियाँ नागरिकका लागि हर क्षेत्रमा छुट घोषणा गर्दा संख्या बढेपनि आम्दानी बढ्न नसकेको व्यवसायीको भनाई छ । 

आम्दानी शन्तोषजनक हो ? 

आम्दानी घटेको विषयमा ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदी एकिकृत आम्दानीको तथ्यांक आफूहरुको जानकारी नुहने बताउँछन् । तर आम्दानी वृद्धिदर अपेक्षाकृत भने नरहेको उनको भनाई छ । 

नेपाल राष्ट्र बैंकले पनि पर्यटकबाट हुने आम्दानी दर केही बढेको तर शन्तोषजनक नरहेको जनाएको छ । राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टका अनुसार चालु आर्थिक वर्षको २ महिनामा पर्यटकबाट ११ अर्ब ३९ करोड आम्दानी भएको छ । गत वर्षको यही अवधिमा पर्यटकबाट ९ अर्ब १६ करोड आम्दानी भएको थियो । केही रकम बढेपनि नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा रहेको नेपालका लागि यो वृद्धिदर शन्तोजनक मान्न नसकिने पर्यटन विद्हरु बताउँछन् ।

सन्  २०१७/०१८ मा पर्यटन मार्फत नेपालको कुल राजश्वमा २.२ प्रतिशत योगदान पुगेको छ । तर यसलाई आधिकारिक भने मानिएको छैन । केही संस्थाले ७ प्रतिशत योगदान छ भन्ने गरेका छन्, तर सरकारले आगामी वर्षदेखि कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशतभन्दा माथि पु¥याउने लक्ष्य लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved