पर्यटन बोर्डको सिइओका लागि आवेदन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2019 | 10:03:13 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि सरकारले आवेदन माग गरेको छ । बोर्डको नयाँ सीईओ नियुक्त गर्न बनेको उपसमितिले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

२०७२ पुसमा सीईओ नियुक्त भएका दिपकराज जोशीको कार्यकाल सकिन लागेका कारण नयाँ सिइओ नियुक्तिका लागि आवेदन माग गरिएको उपसमितिले जनाएको छ । जोशीको ४ वर्षे कार्यकाल आगामी पुस ९ गते सकिँदैछ ।

बोर्डको सीईओ बन्न ३५ वर्ष पुरा भई ६० वर्ष उमेर ननाघेको हुनु पर्ने प्रावधान छ । उपसमितिले बुधबारबाट २१ दिनभित्र आवेदन दिन भनेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved