बिमा समितिको निर्देशन 'बिदामा नेपाल मात्र घुम्नु, वेबसाइटमा भ्रमण वर्षको लोगो राख्नु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 07:26:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले सम्पूर्ण बीमा कम्पनीहरुलाई आफ्नो वेबसाईटमा अनिवार्य रुपमा भ्रमण बर्ष २०२० को लोगो राख्न निर्देशन दिएको छ । समितिले नेपाल सरकारलको निर्णय अनुसार भ्रमण बर्षलाई सफल पार्नको लागि विभिन्न निर्देशन दिएको हो ।

जस अनुसार समितिले कम्पनीहरुलाई वेबसाइट लोगो राख्न, भ्रमण बर्ष सचिवालयसंग वेबसाइट लिंक गराउन, पत्र र बुलेटिनमा लोगो राख्न निर्देशन दिएको छ । त्यस्तै समितिले कम्पनीहरुले प्रकाशित गर्ने सामग्रीमा भ्रमण वर्षको प्रचार हुने लेख रचनाहरुलाई प्राथमिकता दिन पनि निर्देशनदिएको छ । बिदेश भ्रमण गर्दा वा प्रतिनिधित्व गर्दा भ्रमण बर्षको जानकारी दिन पनि समितिले भनेको छ ।

समितिले नेपालमा हुने अन्तराष्ट्रिय कार्याक्रमहरुमा भ्रमण बर्षको डेक्स राखि भ्रमण बर्ष सम्वन्धि जानकारी गरानुका साथै सम्वन्धीत प्रचार प्रसारका सामग्री प्रदान गर्न पनि निर्देशन दिएको छ । समितिले सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दा प्रर्यटकलाई सहज हुने गरी कार्य गर्न पनि भनेको छ ।

समितिले बिदामा नेपालमा मात्र घुम्न र भ्रमण बर्षको उद्घाटन कार्यक्रममा अनिवार्य उपस्थित हुन् समेत आग्रह गरेको छ ।

हेर्नुस समितिको निर्देशन : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved