रोल्पामा पहिलो पटक पर्यटन गार्ड नियुक्त, खुकुरी र लठ्ठीले सुरक्षा दिने

मासिक १६ हजार तलव
महेश न्यौपाने

महेश न्यौपाने

Dec 16, 2019 | 11:36:08 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटकीय क्षेत्रलाई थप व्यवस्थीत गर्न रोल्पाको एक गाउँपालिकाले पर्यटन गार्ड नियुक्त गरेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिकाले १ महिला सहित  ९ जना पर्यटन गार्ड  नियुक्त गरेको हो । उनीहरुलाई पर्यटकीय क्षेत्रमा परिचालनका  साथै गाउँपालिकाको सुरक्षा र विकास गतिविधिमा परिचालन गरिने गाउँपालिकाले जनाएको छ । 

हाल उनीहरुलाई तालिम दिइरहेको गाउँपालिकाले जनाएको छ । सुरक्षासंग सम्बन्धित सलामी,  पिटी परेट, भिड नियन्त्रण, रेक्यू, विपद व्यवस्थान तथा उद्दार र सामान्य हतियार  संचालन  जस्ता तालिम दिइरहेको गाउँपालिका  अध्यक्ष वालाराम  वुढाले जानकारी दिए । '१ महिनसम्म संचालन  हुने उक्त तालिममा पर्यटन गार्डको काम कर्तव्य र  जिम्मेवारी  जस्ता कुरा पनि  सिकाईन्छ' अध्यक्ष वुढाले भने । स्थानीय सरकारले आवश्यकता महसुस  गरेमा नगर  प्रहरी राख्न  सकिने कानूनी व्यवस्था भएकाले नगर प्रहरीलाई पर्यटन गार्डको रुपमा परिचालन गर्छौ  अध्यक्ष  वुढाले  भने ।  कार्यालय संचालन, चेन   अफ कमाण्ड लगायतका विषय समेत तालिममा   समावेश गरेको उनले बताए । सुरक्षा सम्बन्धि तालिम  नेपाल प्रहरीको सहयोगमा संचालन भईरहेको र अन्य विषयगत तालिम सम्बन्धित विज्ञवाट हुने गाउँपालिकाले जनाएको छ ।

पर्यटनका साथै उनीहरुले  राजश्व संकलन, न्यायिक समितिलाई सहयोग,सरसफाई, र कार्यालय सुरक्षाको लागि उनीहरुलाई परिचालन गर्ने सोच वनाएको गाउँपालिकाका नायव सुव्वा दीपक डिसीले बताए ।  तालिम  लिईरहेका उनीहरु मध्ये उत्कृष्टता हासिल  गर्नेलाई प्रमुख  नगर  प्रहरी र अन्य ८ जनालाई नगर प्रहरीको रुपमा  दरवन्दी सिर्जना  गरिएको गाउपालिकाले जनाएकोछ । तेह्र हजार  ५ सय  तलव  र २ हजार ५ सय भत्ता सहित मासिक  रुपमा उनीहरुले १६ हजार सुविधा पाउने भएका छन । 'पोषाक भत्ता हरेक वर्ष उपलव्ध हुन्छ' नायव सुव्वा डिसीले भने  । उनीहरुलाई संचार सेट, खुकुरी र लठ्ठीको सहायताले सुरक्षा दिने छन ।

 नगद रुपैयाँ  वोकेर सामाजिक सुरक्षा भत्ता  वितरण गर्न  जाँदा कर्मचारी नै असुरक्षित हुने गरेको गाउँपालिकाका लेखापाल गोपाल पोख्रेलको भनाई छ ।  नगद पैसाकै कारण  कर्मचारी तथा जनप्रतिनिधिको ज्यान जोखिममा रहेको आफुहरुले महसुस गरेको पोख्रेलको भनाई छ । नगर प्रहरी भर्ना भए संगै त्यस्ता समस्यावाट मुक्त भएको  पोख्रेल बताए ।

 गाउँपालिकाको आन्तरिक श्रोतवाट व्यवस्थापन गर्ने गरि जिल्लामै पहिलो पटक सो गाउँपालिकाले यस्तो अवधारणा  ल्याएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved